३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी पर्ने सम्भावना रहेकाले आज अत्यावश्यकबाहेक लामो यात्रा नगर्नुुस् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न आमनागरिकलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै मौसम विभागले आज विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

उहाँले मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायलाई आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न पनि भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ–

शुभ बिहानी !

मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु ।