२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी पर्ने सम्भावना रहेकाले आज अत्यावश्यकबाहेक लामो यात्रा नगर्नुुस् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न आमनागरिकलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै मौसम विभागले आज विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

उहाँले मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायलाई आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न पनि भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ–

शुभ बिहानी !

मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु ।