३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

भ्रष्टाचारविरुद्ध राप्रपाले अख्तियारमा दियो उजुरी

भ्रष्टाचारविरुद्ध राप्रपाले अख्तियारमा  दियो उजुरी
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र काबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग आयोगमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाएको छ ।

राप्रपालले आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

राप्रपालले सबै प्रकारका सबै भ्रष्टाचारहरूको छानबिन र राजनीतिक नेतृत्व समेतलाई कारबाहीको माग गर्दै आएको छ ।

उसले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माँग गर्दै सम्पत्ति शुद्धिकरण कार्यालयमा उजुरी दिने जनाएको छ ।

अख्तियार पुगेर पेश गरेको ज्ञापनपत्रको पूर्ण विवरण

माननीय प्रमुख आयुक्त ज्यू,
अख्तियार दूरुपयोग अनुसन्धान आयोग
नक्साल, काठमाडौँ।

विषय : भ्रष्टाचारको छानवीन र कारवाही सम्बन्धमा।

नेपालमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको छ । आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी,मुद्दाको संख्या र दावी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ ।

केन्द्र, प्रदेश र स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा जस्तो देखिन्छ। अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ ।

सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा लाग्छ मन्त्रीहरू एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन् ।

अझ प्रमुख आयुक्त स्वयंको भ्रष्टाचारको रकमको डिल विदेशमा नै हुने गरेको भन्ने भनाइले पनि नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रष्ट हुन्छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको विभिन्न समयका प्रतिवेदनले नेपाल भ्रष्ट राष्ट्रहरूमा सूचीकृत हुनु सम्पूर्ण नेपालीहरूका लागि लज्जाको विषय हो ।

त्यस सम्मानित आयोगबाट भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरु प्रशस्त हुँदै गर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानवीनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेका छन्। राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठूला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन भन्ने कुरामा विश्वास गर्न सकिँदैन र भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानवीन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ ।

भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो” भन्ने मान्यतामा राष्ट्रिय प्रजातन्त्र पार्टीको दृढ विश्वास छ र हामी सँधै भ्रष्टाचार र भ्रष्टाचार जन्य क्रियाकलापको विरुद्धमा छौँ ।

निकट विगतको नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्ट लगायत निर्माण सामग्रीमा अप्रत्यासित मूल्यवृद्धि, वर्तमानको भिजिट भिसा र मन्त्रीहरुको अडियो प्रकरण नेपाल र नेपाली जनतालाई विश्व समुदायमा बदनाम गर्ने केही प्रतिनिधि घटना मात्र हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल , मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खरबौं कृषि अनुदानको दुरुपयोग लगायतका चर्चित र ठूला भ्रष्टाचार काण्डहरुमा अनुसन्धान र कारवाहीका लागि भइरहेको ढिलासुस्ती र उदासीनतामा राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

अत: माथि उल्लिखित नयाँ पुराना लगायत सबै भ्रष्टाचार काण्डहरुमाथि पुनः र व्यापक छानवीन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्दछ।

राजेन्द्र लिङ्देन
अध्यक्ष