१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित

नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित
अ अ+ अ-

काठमाडौं । विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित भएको छ। सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादित इमल्सन विस्फोटक पदार्थ प्रयोग गरी सुरुङमार्ग निर्माण गर्नुपर्ने सर्त सेनाले राखेको छ। निर्माण कम्पनी जापानको हाजमा आन्दो कर्पोरेसनले भने उक्त सर्त स्वीकार गरेको छैन। सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले निर्माण कम्पनीले नेपाली सेनाबाट उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्ने इच्छा नदेखाउँदा सुरुङमार्ग निर्माणमा ढिलाइ भइरहेको बताए। ‘सेनाको विस्फोटक पदार्थको गुणस्तर परीक्षण भइसकेको छैन। आयोजनाको ठेक्का लगाउँदा नेपालमा विस्फोटक पदार्थ उत्पादन हुँदैनथ्यो’, प्रमुख थापाले भने, ‘अहिले सेनाले आफ्नै उत्पादन प्रयोग गर्न जोड दिइरहेको छ।’ उनका अनुसार निर्माण कम्पनी भने गुणस्तर परीक्षण प्रमाणपत्र पेस गरिए प्रयोग गर्न सकिने अडानमा छ। सेनाले भने प्रमाणपत्र पेस गर्न ध्यान दिएको छैन। सेनाले इमल्सन विस्फोटक पदार्थ आयात गर्न सहमति प्रदान नगरी आफ्नै उत्पादन बिक्री गर्न खोजिरहेको छ।

कुनै पनि आयोजनाका लागि विस्फोटक आयात गर्न सेनाको स्वीकृति अनिवार्य छ। उनले निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढ्ने र निर्माण कम्पनीले क्षतिपूर्ति दाबी गर्न सक्ने सम्भावना हुने बताए। सेनाले सुनाचुरी प्लान्टबाट इमल्सन विस्फोटक उत्पादन गर्दै आएको छ। विस्फोटक पदार्थ खरिदका क्रममा विवाद निम्तिने सम्भावनालाई ध्यान दिई फागुन २८ गते सेनाबाट उत्पादित विस्फोटकको क्षमता गुणस्तर र स्वास्थ्यसम्बन्धी प्रभाव जाँच गर्ने सहमति भएको थियो। त्यस क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सेनाका महारथी, मन्त्रालयका सचिवलगायत उपस्थित थिए। मन्त्रालयका सचिवको नेतृत्वमा सडक विभाग प्रमुख र निर्माण कम्पनीको आयोजना निर्देशकबीच फागुन २९ गते सेनाबाट उत्पादित विस्फोटक परीक्षण गर्न भए पनि सुरुङमार्गमा प्रयोग गर्ने तय भएको थियो। मन्त्रालयले वैशाख १६ गते सेनालाई मन्त्रालय र निर्माण कम्पनीबीच भएको सहमतिपत्र पठाएको थियो। उक्त पत्रमा सुरुङमार्ग १ सय ५० मिटरभन्दा बढी भइसकेपछि कडा तहमा नेपाली उत्पादनको परीक्षण हुने उल्लेख छ। त्यसको प्रभावकारिता र धूवाँको स्वास्थ्यसम्बन्धी अध्ययन गरिनेछ। १ सय ५० मिटरभन्दा कमको सुरुङमा धूवाँको अध्ययन हुन नसक्ने उक्त पत्रमा उल्लेख छ।

नेपाली उत्पादन परीक्षण कार्य अघि बढाउनुअघिको कार्य सम्पन्न गर्न ७ सय मेट्रिक टन इमल्सन र आवश्यक सामग्री सेनाको सहमतिमा उपलब्ध गराउने पनि सो पत्रमा लेखिएको छ। अन्नपूर्ण पोस्ट्लाई प्राप्त दस्तावेजअनुसार सुरुङमार्गको सुरुआती चरणदेखि नै सुनाचुरी प्लान्टबाट उत्पादित इमल्सन प्रयोग गर्नुपर्छ भन्ने सेनाको सर्त छ। यसका लागि सेनाले इमल्सनको ल्याब टेस्ट, तुलनात्मक परीक्षण सम्पन्न गरेको र विस्फोटक पदार्थको मूल्य पनि घटाएको दाबी गरेको छ। सुरुआती १ सय ५० मिटरसम्म सुनाचुरीबाट उत्पादित इमल्सन उपयुक्त हुने सेनाको अडान छ। त्यसपश्चात् इमल्सन विस्फोटकको परामिटर माग गरी आवश्यकताअनुसार सुनाचरी प्लान्टबाट निरन्तर उपलब्ध गराउने सेनाको प्रत्याभूति छ।

सुनाचुरीबाट उत्पादित र विदेशबाट खरिद हुने विस्फोटकको कडा तह, त्यसको प्रभावकारिता र धूवाँको स्वास्थ्यसम्बन्धी प्रभाव तथा ब्लास्टिङ परीक्षण सुरुङमार्गको १ सय ५० देखि २ सय मिटरभित्र सेनाका विशेषज्ञ र आयोजनाका प्रतिनिधिको सम्बन्धमा गरिने सेनाले मन्त्रालयलाई बुझाएको दस्तावेजमा उल्लेख छ। उक्त परीक्षणको प्रभावकारिताका आधारमा सेनाको इमल्सन प्रयोग गर्ने वा सुरुङमार्गको मागअनुसार विदेशबाट थप आयात गर्न सहमति दिने जनाइएको छ। विदेशबाट खरिद गर्न स्वीकृति प्रदान गर्दा अन्य आयोजनाले पनि उक्त नजिर देखाउँदै भविष्यमा विभिन्न बहानामा विदेशबाट खरिद गर्न दबाब दिने सेनाको तर्क छ।

उक्त सुरुङमार्ग जापानी सहयोग नियोग (जाइका)को आर्थिक सहायतामा निर्माण गर्न खोजिएको हो। नेपाल सरकारसँग भएको सहमतिअनुसार जाइकाले १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराएको छ। सुरुङमार्ग निर्माण सम्झौता गत असोजमा भएको थियो। ठेकेदार कम्पनीले ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट  काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किलोमिटर र धादिङतर्फ धुनीबेसीको सिस्ने खोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ। दहचोकबाट–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर, चौडाइ ९।५ मिटर तथा उचाइ १८ मिटर हुनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ। सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ। अन्नपुर्णपोष्ट दैनिक