३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारी नियन्त्रणः सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक रहेको छ । सबैभन्दा धेरै संक्रमित भारत र थोरै भुटानमा रहेका छन् । सार्क राष्ट्रहरूमा नेपाल संक्रमित संख्याको आधारमा पाँचौं स्थानमा छ । नेपालमा हालसम्म ३ हजार ४ सय ४८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ४ सय ६७ जना डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले भने नेपालमा कोरोना परीक्षणको दर कम भएकाले संक्रमित संख्या न्यून देखिएको बताउँदै आएका छन् । कोरोना भाइरसको तथ्यांक अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार सबैभन्दा धेरै संक्रमितको संख्या भारतमा रहेको छ । भारतमा हालसम्म २ लाख ४७ हजार ८ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, १ लाख १९ हजार २ सय ९३ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ९ सय ५४ जनाको ज्यान गएको छ ।

यस्तै, पाकिस्तानमा ९८ हजार ९ सय ४३ जनालाई संक्रमण पुष्टि भएको छ । त्यहाँ ३३ हजार ४ सय ६५ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये २ हजार २ जनाको मृत्यु भएको छ ।बंगलादेशमा ६५ हजार ७ सय ६९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३ हजार ९ सय ३ जना निको भएका छन् । यस्तै, ८ सय ८८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा संक्रमितको संख्या २० हजार ३ सय ४२ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ७५ निको भएर घर फर्किएका छन् । हालसम्म अफगानिस्तानमा ३ सय ५७ जनाको ज्यान गएको छ ।

मालदिभ्समा १ हजार ९ सय १ जनालाई संक्रमण पुष्टि भएको छ । ७ सय ६३ जना निको भई फर्केको मालदिभ्समा मृतकको संख्या आठ पुगेको छ । यस्तै, भुटानमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना निको भई घर फर्किएका छन् । भुटानमा कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । राजधानी दैनिक