१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

कोरोना महामारी नियन्त्रणः सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक

कोरोना महामारी नियन्त्रणः सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक रहेको छ । सबैभन्दा धेरै संक्रमित भारत र थोरै भुटानमा रहेका छन् । सार्क राष्ट्रहरूमा नेपाल संक्रमित संख्याको आधारमा पाँचौं स्थानमा छ । नेपालमा हालसम्म ३ हजार ४ सय ४८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ४ सय ६७ जना डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले भने नेपालमा कोरोना परीक्षणको दर कम भएकाले संक्रमित संख्या न्यून देखिएको बताउँदै आएका छन् । कोरोना भाइरसको तथ्यांक अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार सबैभन्दा धेरै संक्रमितको संख्या भारतमा रहेको छ । भारतमा हालसम्म २ लाख ४७ हजार ८ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, १ लाख १९ हजार २ सय ९३ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ९ सय ५४ जनाको ज्यान गएको छ ।

यस्तै, पाकिस्तानमा ९८ हजार ९ सय ४३ जनालाई संक्रमण पुष्टि भएको छ । त्यहाँ ३३ हजार ४ सय ६५ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये २ हजार २ जनाको मृत्यु भएको छ ।बंगलादेशमा ६५ हजार ७ सय ६९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३ हजार ९ सय ३ जना निको भएका छन् । यस्तै, ८ सय ८८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा संक्रमितको संख्या २० हजार ३ सय ४२ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ७५ निको भएर घर फर्किएका छन् । हालसम्म अफगानिस्तानमा ३ सय ५७ जनाको ज्यान गएको छ ।

मालदिभ्समा १ हजार ९ सय १ जनालाई संक्रमण पुष्टि भएको छ । ७ सय ६३ जना निको भई फर्केको मालदिभ्समा मृतकको संख्या आठ पुगेको छ । यस्तै, भुटानमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना निको भई घर फर्किएका छन् । भुटानमा कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । राजधानी दैनिक