१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

लकडाउन प्रभाव: कुल उत्पादनको १० प्रतिशत तरकारी बजार जान सकेन

लकडाउन प्रभाव: कुल उत्पादनको १० प्रतिशत तरकारी बजार जान सकेन
अ अ+ अ-

काठमाडौँ। अहिले नेपालमा उत्पादन हुने तरकारीले खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण ढुवानीमा संयोजन चुस्त बन्न नसक्दा नेपालमा उत्पादन भएको तरकारीे १० प्रतिशत खेर जाने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा ४२ लाख ७१ हजार २७० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ तर नेपालमा वार्षिक झन्डै ४४ लाख मेट्रिक टन तरकारी खपत हुने गरेको छ अर्थात् भारतलगायत अन्य देशबाट १४ देखि १५ लाख मेट्रिक टन तरकारी आयात हुने गरेको आलु तरकारी तथा मसला बाली निर्देशनालयले जनाएको छ । नेपालले पनि २२ देखि २५ हजार मेट्रिक टन तरकारी वार्षिक निर्यात गर्ने गरेको निर्देशनालयका निर्देशक कृष्ण पौडेलले बताए । तर अहिले नेपालमा भारतलगायत अन्य देशबाट तरकारी आयात गर्ने अवस्था छैन । नेपालमै उत्पादन भएको तरकारी खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण तरकारी खपत हुने ४० प्रतिशत बजार समाप्त भएको छ । त्यसले गर्दा नेपालकै तरकारी पर्याप्त रहेको छ । यो बन्दाबन्दीमा देशभरि दैनिक तीन हजार १७० मेट्रिक टन तरकारी खपत हुने गरेको छ । त्यसमा ३० प्रतिशत मात्र भारतबाट आएका तरकारी हुन् ।

अहिले भारतबाट आउने तरकारी पनि नेपाली व्यापारीले ल्याइरहेका छैनन् । नेपालमा रहेका भारतीय व्यापारीले मात्र भारतबाट मगाइरहेका छन् जो अहिलेको अवस्थामा नेपालमा आवश्यक नै नरहेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरे बताए । अहिले नेपालमै पर्याप्त तरकारी छ । बरु भारतबाट आउने तरकारी महँगो हुन्छ तर नेपालको तरकारी अहिले निकै सस्तो रहेको उनले बताए। नेपालमा उत्पादन भएको सबै तरकारी खपत भएको छैन । १० प्रतिशत तरकारी त्यतिकै खेर गइरहेको छ । लकडाउनअघि भारतबाट ४० प्रतिशत तरकारी कालीमाटी तरकारी बजारमा आउँथ्यो अहिले १७–१८ प्रतिशतमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

बन्दाबन्दी सुरु भएपछि जेठ १ गतेसम्म २२ देखि २३ प्रतिशत तरकारी भारतबाट आएको थियो । अहिले १७–१८ प्रतिशतमा झरेको उनले बताए। अहिले भारतबाट तरकारी नआए पनि नेपालको तरकारीले नै पुग्ने रहेछ तैपनि आलु, प्याज, लसुन, कागतीजस्ता तरकारीजन्य वस्तु भारतबाट केही व्यापारीले ल्याउने गरेका छन्, उनले बताए । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा कुल खेतीयोग्य जमिनको ७।३ प्रतिशतमा तरकारी खेती हुने गरेको छ । यो देशको कुल गार्हस्थ उत्पादनको ८.८ प्रतिशत हो । आलु तरकारी तथा मसला बाली निर्देशनालयका अनुसार कुल कृषियोग्य जमिनमध्ये दुई लाख ९७ हजार १९५ हेक्टर क्षेत्रमा तरकारी खेती गरिन्छ । गोरखापत्र दैनिक