७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली

आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली
अ+ अ-

काठमाडौँ ।  आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली हो भन्ने कुरा बुझ्दै गएका छन् ।

काठमाडौँको जडीबुटी नरेफाँट बस्ने वसन्तले पनि यो कुरा बुझ्न थालेको तीन वर्ष भयो । उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलसँग एकैपटक सङ्घर्ष गर्नु परेपछि उहाँले यो कुरा बुझ्न थाल्नुभएको हो । उमेरले ३३ वर्ष पुगेका वसन्तले विगतमा खानपान र जीवनशैलीलाई गरेको बेवास्ताको परिणाम हिजोआज भोगिरहनुभएको छ । “औषधि खान थालेकै तीन वर्ष भयो, हाल न खान मन लागेको खान पाइन्छ, न मन लागेको काम निश्चिन्त भएर गर्न पाइन्छ । कामभन्दा औषधि छुट्ने पिरलो”, उहाँ भन्नुहुन्छ, “यस्तो अवस्थामा स्वास्थ्यबारे सोच्नु कि करियर १ समयमै ध्यान दिएको भए त यस्तो हुन्थेन होला ।”

ललितपुर टिकाथलीकी ३० वर्षीया श्रीमायाको अवस्था पनि त्यस्तै छ । उमेरले उहाँ ३० वर्षकी हुनुभयो तर तौल भने ८० किलोग्राम । बिहे गरेको छ वर्ष हुन लाग्यो, बच्चा भएको छैन । चिकित्सककहाँ जाँदा थाहा भयो, थाइराइड छ, कलेजो बोसोले टम्म । अब २५–३० केजी तौल नघटाए थप शारीरिक समस्या थप भोग्नुपर्ने छ । अचेल उहाँ अरू प्राथमिकता छोडेर नियमित व्यायामखाना धाउनुहुन्छ । “समस्याको जड त मोटोपन रहेछ, बल्ल १० केजी घट्यो । खै १ ५५ केजी कहिले पु¥याउने होला १”, श्रीमायाले भन्नुभयो ।

टीकाथलीकी प्रमिलाको तीनपटक गर्भपतनको पीडा सहनुप¥यो । चिकित्सकको उच्च निगरानीमा रहेर बल्लतल्ल बच्चा त जन्मियो, तर फुर्तिलो भएन । “थाइराइडको समस्याले गर्भ खेर जाने भइरह्यो, उच्च सतर्कता अपनाएर बच्चा जन्मिए पनि स्वास्थ्य समस्या देखिएको छ । खै १ ध्यान त दिएकै हो, समस्या भइहाले छ”, उहाँले दुखेसो पोख्नुभयो ।

यी त उदाहरण मात्रै हुन्, अचेल हरेक घरघर र व्यक्तिव्यक्ति यस्तै कुनै न कुनै समस्याबाट ग्रस्त छन् । मधुमेह, मुटुरोग, उच्च रक्तचाप, मोटोपन, कोलेस्टेरोल, क्यान्सर, मानसिक स्वास्थ्य समस्या, श्वासप्रश्वास रोग, अल्सर, पाचन प्रणाली गडबडीलगायत जीवनशैलीजन्य विविध रोगले डरलाग्दो रूप लिइरहेका छन् । चिकित्सकहरूले नसर्ने रोगको अवस्थालाई ‘सुषुप्त महामारी’ र ‘साइलेन्ट किलर’ ९बिस्तारै बिस्तारै मार्ने० भन्ने गरेका छन् ।

नसर्ने रोगहरूसम्बन्धी सञ्जाल नेपाल एनसिडी एलायन्स ९एनएनसिडिए० का अनुसार नेपाल अब सङ्क्रामकभन्दा नसर्ने रोगका कारण थला पर्दैछ । हरेक वर्ष हुने मृत्युमध्ये ६० प्रतिशत मृत्युको कारण नसर्ने रोगहरू नै छन् । यो विश्वभरिकै समस्या हो । विश्वमा दुई तिहाइ मृत्युको कारण नसर्ने रोग हुन् भने यीमध्ये पनि मुटु रोग, क्यान्सर, मधुमेह र श्वासप्रश्वाससम्बन्धी रोगहरूको हिस्सा ८२ प्रतिशत छ ।

हिजोआज अव्यवस्थित जीवनशैली, असन्तुलित खानपान, स्वास्थ्यका लागि हानिकारक मानिएका पत्रु खाना उपभोग, निस्क्रिय जीवनशैलीजस्ता कारण अनेक रोगका लागि ढोका खोलिदिएका छन् । यो समस्या सहरमा मात्रै नभई ग्रामीण क्षेत्रमा समेत विस्तार भइरहेकामा चिन्ता व्यक्त गर्नुहुन्छ एनएनसिडिएका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी । हाल ग्रामीण क्षेत्रमा पनि ब्लडप्रेसर, थाइराइड, क्यान्सर, दमखोकी, मधुमेहलगायत समस्या बढिरहेको उहाँको भनाइ छ ।

“हालै कर्णालीको जाजरकोटमा गरिएको एउटा अध्ययनमा तीन जना वयस्कमध्ये एक जना र १० जनामा एक जनामा मधुमेह देखियो । छ वर्षअघि बाथमुटु रोग बढी थियो, अहिले त्यो घट्यो । सहरमा हृदयघात पहिलो र थाइराइड दोस्रो समस्याका रूपमा छ”, उहाँले भन्नुभयो, “प्रशोधित खानेकुरा, तयारी खाना ९जङ्क फुड०, चिल्लो, गुलियो, नुनिलो धेरै खाने तर परिश्रम नगर्ने अव्यवस्थित जीवनशैलीले समस्या भइरहेको छ ।”

डा रेग्मी ग्रामीण क्षेत्रमा खानापछि खानु भनेको औषधि पनि बिस्कुट खाएर सेवन गर्ने, घरको चामल बेचेर बजारको प्रशोधित मसिनो चामल, मैदा उपभोग गर्नेजस्ता व्यवहारले समस्यालाई बढावा दिइरहेको धारणा राख्नुहुन्छ । “हाल सहरमा बरु केही चेतना बढेको छ, तर गाउँमा देखासिकी । मकै बेचेर चाउचाउ, घरको चामल, पीठो, गेडागुडी बेचेर बजारबाट तयारी खानेकुरा ल्याउने प्रचलन बढ्दो छ । यो चिन्ताको विषय हो”, उहाँले भन्नुभयो ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार पोषणकै कमीले हाल पाँच वर्षमुनिका बालबालिकामा २५ प्रतिशतलाई पुड्कोपना, आठ प्रतिशतमा ख्याउटेपना, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशत बालबालिका र ३४ प्रतिशत महिलामा रक्तअल्पता छ ।

यसले व्यक्तिको जीवनमा मात्रै होइन, देशको अर्थतन्त्र, परिवार र सामाजिक संरचनामा समेत गम्भीर असर परिरहेको जनस्वास्थ्यविद् डा अरुणा उप्रेतीको भनाइ छ । हाल बाल्यावस्था र युवावस्थामै विभिन्न शारीरिक तथा मानसिक समस्या उत्पन्न हुँदा राष्ट्रको स्वास्थ्यलाई नै समस्यामा पारिरहेको उहाँ बताउनुहुन्छ । “नसर्ने र अन्य रोग निम्त्याउने कारणमा हाम्रो खाद्यबानी, जीवनशैली र आफ्नो पौष्टिक खाद्यवस्तु छाडेर आयातित जङ्क फुडरपत्रु खाना खाने र खुवाउने प्रवृत्तिले समस्या भइरहेको छ । सजिलोका लागि धेरैको रोजाइमा यस्तै वस्तु छन्, जसले एकछिन र एकदिनका लागि सजिलो भए पनि जीवनभरका लागि मधुमेह, उच्च रक्तचाप, मोटोपन निम्तिन्छ । यो विषय हरेकले बुझ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

थपिँदै चुनौती

विभिन्न अध्ययनले विश्वमा प्रत्येक दुई सेकन्डमा ७० वर्षमुनिका एक व्यक्तिको नसर्ने रोगकै कारण मृत्यु हुने गरेको देखाएका छन् । यसरी हुने अकाल मृत्युमध्ये ८६ प्रतिशत हिस्सा न्यून मध्यम आय भएका देशहरूको छ ।

आधुनिक जीवनशैली, खानपान र शारीरिक निष्क्रियताका कारण यो समस्या झन् जटिल बन्दै गएको छ । विश्व मुटु महासङ्घका अनुसार विश्वभर बर्सेनि दुई करोड पाँच लाख मानिसले मुटुको रोगबाट ज्यान गुमाउँछन् । यीमध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरूमा बर्सेनि ज्यान गुमाउनेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य सङ्गठनले भविष्यवाणी गरेअनुसार सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्नेछ ।

यस्तै, कोरोनरी मुटुको रोग ९हृदयघात० संसारकै एक नं हत्यारा रोगका रूपमा स्थापित हुनेछ ।

नेपालमा पनि यो समस्या स्वास्थ्य सङ्कटकै रुपमा देखिँदै गएको नेपाल हृदय रोग निवारण प्रतिष्ठानको तथ्याङ्क छ । प्रतिष्ठानका अनुसार हाल नेपालमा ३० प्रतिशत अर्थात् करिब एक करोड मानिस कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित छन् । यो सङ्ख्या २० वर्षयता पाँच गुणाले बढेको छ । नेपाल एनसिडी एलायन्सले पनि नेपालमा करिब ३० प्रतिशत वयस्क नागरिकलाई उच्च रक्तचाप, २५ प्रतिशतलाई कालेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटु रोग रहेको जनाएको छ ।  यसो हुनुमा ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना नखानु, करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम नगर्नु र ४० प्रतिशतले चुरोट, सुर्तीजन्य पदार्थ सेवन गर्नुलाई कारण मानिएको छ ।

हाम्रै खाद्यबाली औषधि र भान्छा औषधालय 

विभिन्न समयमा भएका अध्ययनले जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशतभन्दा बढी मुटुलगायत नसर्ने रोगका कारणमाथि नियन्त्रण गर्न सकिने देखाउँछन् । समग्र नसर्ने रोगको निदानका लागि स्वास्थ खानपान, प्राकृतिक जीवनशैली र नियमित परिश्रम नै अचुक उपाय भएको जानकारहरू बताउँछन् ।

नेपाल सरकार, खाद्य अनुसन्धान केन्द्रका प्रमुख डा रोमन कार्की नसर्ने रोगको मूल जडका रूपमा ‘इन्सुलेन्स रजिस्टेन्स’ रहेको बताउनुहुन्छ । यो भनेको शरीरका कोषहरूले इन्सुलिन हर्मोनप्रति ठीकसँग प्रतिक्रिया नजनाउने अवस्था हो । जुन प्यान्क्रियासबाट निस्कन्छ र शरीरमा ग्लुकोज ९चिनी० लाई कोषहरूभित्र लैजाने काम गर्छ, तर जब कोषहरूले इन्सुलिनलाई ‘नचिन्ने’ अवस्था बन्छ, तब रगतमा चिनीको मात्रा बढ्छ । शरीरले धेरै इन्सुलिन उत्पादन गर्न थाल्छ ।

यसले गर्दा बिस्तारै टाइप २ डायबेटिज, मोटोपना, हृदय रोग, मेटाबोलिक सिन्ड्रोमजस्ता नसर्ने रोगहरू देखापर्न थाल्छन् । “यो शारीरिक असन्तुलनको मौन सुरुआत हो, तर सुरुआतमा बेवास्ता गरिन्छ, पछि दीर्घकालमा गम्भीर स्वास्थ्य समस्याको कारण बन्नसक्छ”, उहाँले भन्नुभयो, “यसको पनि मूल जड इनर्जी बढी भएका, तर पोषणतत्व कम भएका अत्यधिक प्रशोधित खानाको सेवन गर्नु हो । खानेबित्तिकै तुरुन्त पच्ने र ग्लुकोजको मात्रा बढाउने खालका अत्यधिक पोलिस गरेका ‘जिआइ फुड’ (चामल, मैदा, चिप्स, फ्रेन्च फ्राई, चिनी, कोक आदि) यसमा पर्छन् । यो समस्या हाल १५र१६ वर्षकै उमेरमा देखिन थालेको छ ।”

यसको विकल्पमा हाम्रा रैथाने खाद्यबाली अर्थात् कम ग्लाइसेमिक इन्डेक्स (लो जिआई फुड) भएका कोदो, ब्राउन चामल, किन्नोआ, मसुरो, मस्यौरालगायत प्रशोधन नगरिएका सूक्ष्म पोषक तत्वयुक्त खानेकुरा प्रयोग गर्नु उत्तम हुने डा कार्कीको सुझाव छ ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र ९जिन बैङ्क० का प्रमुख डा बालकृष्ण जोशी सहरिया भनेर चिनिने नसर्ने रोग निदानमा रैथाने औषधीय अनाज र कोदे बाली उपयोगी हुने बताउनुहुन्छ । रैथाने बाली शुद्ध, पोषिलो, स्वस्थ, गुणस्तरीय र स्वादिलो ९पञ्चगुण० र खाद्य, पोषण, स्वास्थ्य, व्यवसाय र वातावरण ९पञ्चकर्म० का लागि पनि उपयोग हुने उहाँको भनाइ छ । “मधुमेह, उच्च रक्तचाप, मुटुरोग, हृदयघात, मोटोपन, थाइराइड, ग्यास्ट्रिक, अपच, प्रोस्ट्रेड, उच्च कोलेस्ट्रोल, कलेजोमा बोसोजम्ने जस्ता जीवनशैलीजन्य रोगहरू तीव्र गतिमा फैलिरहेका छन्, तर यी रोगहरूको रोकथामको उपाय हाम्रै रैथाने खाद्यबाली र परम्परागत खानपानमा छ”, डा जोशी भन्नुहुन्छ, “खासगरी कोदे बाली ९कागुनो, जुनेलो, कोदो, सामा, धान कोदो, घोँगे र चिनो० को सेवनले अस्पतालले निको नपारेका रोगहरू पनि निको भएका अनुभव मैले सुनेको छु । यसमा रोगप्रतिरोधी विभिन्न १५ वटा गुण पाइने भएकाले पनि स्वास्थ्यका लागि अचुक उपाय हुन् । यति मात्रै होइन हाम्रा परम्परागत खानामा पाइने फाइबर, प्रोबायोटिक, एन्टिअक्सिडेन्ट र स्वस्थ फ्याट्सले पाचन, मुटु र प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठ पेट भर्नका लागि ९क्यालोरी पाइने० पर्याप्त विकल्प भए पनि सूक्ष्म पोषकतत्व पाइने खाद्यमा ध्यान नदिँदा स्वास्थ्यमा विविध समस्या देखिएको बताउनुहुन्छ । “पहिलो कुरा त हामीले विविधतायुक्त खानपान व्यवहार छोड्दै गयौँ । एकल बाली कृषि प्रणालीका कारण उत्पादन सीमिततामा गयौँ । यस्ता उत्पादनले पोषणका लागि क्यालोरी त पूरा भयो, तर सूक्ष्म पोषकतत्वको अभाव देखियो । यसले मान्छेको सर्वाङ्गीण विकास हुनसकेन”, डा श्रेष्ठ भन्नुहुन्छ, “यो समस्या सहरको मात्रै होइन, खुलाबजार अर्थतन्त्रका कारण बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका जङ्क फुड दूरदराजमा पनि पुगे । कोदाका रोटी, मकैका ठेट्ना, रैथाने खाद्यसामग्री विस्थापित हुन थाले । मही खान छोडेर बजारका पेयपदार्थ रोज्न थाल्यौँ । हाल खान नपाएर कुपोषण हुने सङ्ख्या करिब छ प्रतिशत छ, तर धेरै खाएर, खान नजानेर र सूक्ष्म पोषकतत्वको अभावमा शारीरिक, मानसिक, सामाजिक र हरेक दृष्टिले कुपोषित हुने सङ्ख्या अत्यधिक छ ।”

उहाँ पनि यसको समाधान कोदो, फापर, जौ, मकै, भटमास, सिमी, गुन्द्रुकलगायत हाम्रा रैथाने बाली र खाद्य व्यवहारमै देख्नुहुन्छ । “यसर्थ अब हरेक नागरिकले कम्तीमा आफ्नो स्वास्थ्यका लागि, सरकारले ग्रामीण अर्थतन्त्र, खाद्य सुरक्षा, दिगो, उत्थानशील र समावेशी खाद्य प्रणालीका लागि रैथाने बालीको विकास र प्रयोगमा जोड दिन आवश्यक छ”, डा श्रेष्ठको भनाइ छ ।

रैथाने गौआधारित कृषि र पञ्चगव्यको उपयोगबारे सन्देश फैलाइरहनुभएका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कौशलेन्द्र झा पनि आधुनिक रोगहरूको निदानका लागि परम्परागत खाद्यबाली र बानी महत्वपूर्ण हुने धारणा राख्नुहुन्छ । उहाँ आधुनिकताको लहलहैमा आफ्नो माटो छोड्दा नेपाली सामाज नै आधुनिक रोगहरूका कारण थला पर्न थालेको जिकिर गर्नुहुन्छ । “आयातित जङ्क फुडको कुरा मात्रै होइन, हाम्रो नीति, अभ्यास र आधुनिकताको लहडले नेपाली माटो, हावापानी पनि प्रदूषित भइरहेको छ । हाम्रा मही, दही, घीउलगायत पञ्चगव्य, कोदो, फापर, मस्यौराजस्ता सुपर फुड हेलामा पर्दा रोगव्याधि बढेर हैरानी बढेको हो”, झा भन्नुहुन्छ, “पहिले परम्पराग उब्जनी भएका अन्नबालीमा  प्राकृतिक गुण भएकाले रोग प्रतिरोधी क्षमता थियो । अन्न होइन, स्वास्थ्यका लागि अमृतपान गरेजस्तै हुन्थ्यो । हाल पञ्चतत्व नै विशाक्त भए, जीवनशैली अप्राकृतिक भयो । शरीर मात्रै होइन, मानसिकतामै नकारात्मक पक्ष हाबी हुँदै गएको छ । जसले क्यान्सरजस्ता असाध्य रोगबाट व्यक्ति र गलत सोचका कारण समाज आक्रान्त छ ।”

त्यसैले अब हाम्रै रैथाने बाली, बानी र खाद्य प्रणाली विकासमा लाग्नुपर्ने उहाँको भनाइ छ । “आधुनिक रोगहरूको समाधान खोज्दै विदेश र अस्पताल धाउनुभन्दा अब हाम्रो आफ्नै भान्सामा फर्केर हेर्ने समय आएको छ । अब परम्परागत खाद्य र जीवन पद्धति नै हाम्रो सुन्दर भविष्यको आधार बन्नसक्छ”, अभियन्ता झाको निष्कर्ष छ ।  पत्रु खाना विरोधी अभियानमा सक्रिय डा उप्रेति पनि ‘फास्ट फुड’ र प्रशोधित खानेकुराको सट्टा गाउँघरका परम्परागत खाना र खाने पद्धतिको संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । “विभिन्न अध्ययनले नै रूप र गुण नबिगारिएका वनस्पतिजन्य पदार्थहरूबाट तयार पारिएका खानालाई उचित समय र मात्रा मिलाएर खाने र आचारविचार ठीक राखे धेरै रोगबाट बच्न सकिन्छ भन्ने कुरा प्रमाणित गरिसकेका छन् । त्यसैले रैथाने बालीको संरक्षण र उपयोगमा व्यक्ति तथा सिङ्गो राज्य नै लाग्नुपर्छ”,  उहाँ सुझाउनुहुन्छ ।  रासस