१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ
अ अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका रुपमा चिनिँदै गएको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा दू्रत विकास भइरहेको जानकारी दिनुभयो ।

“अस्थायी प्रहरी चौकीको माग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नति÷स्थापनाको बढी माग छ”, उहाँले भन्नुभयो, “नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।”

नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको उल्लेख गर्दै गृहमन्त्री लेखकले केही दिनपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पुनःविधयेकमाथि छलफल सुरु हुने बताउनुभयो ।

“प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाएर अवकासमा जाने व्यवस्था विधयेकमा गरिएको छ”, उहाँले भन्नुभयो, “प्रहरीको उच्च मनोवलका साथ कार्य दक्षता बढ्न सकोस् भनेर प्रहरी सङ्गठनलाई तुलनात्मक रुपले आगामी आवका लागि बढी बजेट विनियोजन गरिएको छ ।”

आमनागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । अनलाइन सचेतना कक्षा सञ्चालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यतात्मक अवस्था हट्ने छ । रासस