८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

रसुवामा आएको बाढीका कारण दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद

रसुवामा आएको बाढीका कारण दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्री खड्काले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि मन्त्री खड्काले मङ्गलबार रसुवामा आएको बाढीले त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका महत्वपूर्ण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार १११ मेगावाट क्षमता रहेको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना र १४ मेगावाट क्षमताको देवीघाट आयोजना बाढीका कारण अवरुद्ध रहेका छन ।

बाढीको मूल कारण वर्षा नभईकन माथिल्लो जलाधार क्षेत्रमा अवस्थित हिमताल विस्फोटबाट बहाव भएको प्रारम्भिक अनुमान गरिएको मन्त्री खड्काले बताउनुभयो ।

“सेन्टिनल एसिया प्लेटमार्फत यो पुष्टि भएको छ कि रसुवा–तिब्बत क्षेत्रभित्रको लेन्दे खोलामा रहेको एक सुपर ग्लेसियर हिमालयको क्षेत्रमा घटना हुनुअघि शून्य दशमलव ७५ वर्ग किलोमिटरबाट घटेर शून्य दशमलव ६० वर्ग किलोमिटरमा सीमित भएको छ”, मन्त्री खड्काले भन्नुभयो ।