काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन् ।
शुक्रबार दिउँसो २ बजे कार्यपालिका बैठक बस्ने गरी बोलाईएको बालेनको सचिवालयले जनाएको छ ।
यस्तै, कार्यपालिकाअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने सचिवालयले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसँगको विषयलाई लिएर विवाद हुँदा महानगरको बजेट अझै आएको छैन । कार्यपालिका बोलाइएसँगै बजेट आउने सम्भावना देखिएको छ ।










