१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौं । अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो आदेश दिएको हो ।

यस्तै, महानगरका कर्मचारीहरु बसन्त आचार्य र नमराज ढकाललाई ५०-५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकोलाई ठेक्का नदिइ बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरुमाथि भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।