२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

५–५ ट्रफी जितेका मुम्बई र सीएसकेलाई पछि पार्दै आरसीबी बन्यो सबैभन्दा मूल्यवान टोली



अ+ अ-

एजेन्सी । आईपीएल २०२५ को उपाधि जितेसँगै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) सबैभन्दा मूल्यवान टोली बनेको छ । यसले मुम्बई इन्डियन्स (एमआई) र चेन्नई सुपर किंग्स (सीएसके)लाई पछाडि पार्यो जसले ५–५ पटक उपाधि जितेका छन् ।

२०२५ मा इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यापारिक मूल्य १८.५ अर्ब डलर (लगभग १.५६ लाख करोड भारु) पुगेको छ । यो गत वर्षको तुलनामा १२.९ प्रतिशतले बढी हो ।

विश्वव्यापी लगानी बैंक होलिहान लोकेको एक अध्ययन अनुसार, आईपीएलको ब्रान्ड मूल्य १३.८ प्रतिशतले ले बढेर ३.९ अर्ब डलर (₹३३ हजार करोड) पुगेको छ ।

यस सिजनमा विज्ञापन, दर्शक संख्या र लगानीकर्ताको चासोले ब्रान्ड मूल्यमा वृद्धि भएको जनाइएको छ ।

जुन ३ मा पञ्जाब र बैंगलोरबीच खेलिएको फाइनलले दर्शक संख्याको हिसाबले च्याम्पियन्स ट्रफीमा भारत–पाकिस्तान टी–२० खेललाई उछिनेको छ ।

रोयल च्यालेन्जर्स बैंगलोर २०२५ सिजनमा पहिलो पटक सबैभन्दा मूल्यवान फ्रान्चाइजी बनेको छ । आरसीबीको ब्रान्ड मूल्य २२७ मिलियन (₹१,९४६ करोड) बाट बढेर २६९ मिलियन (₹२,३०७ करोड) पुगेको छ । टोलीको पहिलो आईपीएल उपाधि जित्नु मूल्याङ्कनमा वृद्धिको कारण थियो ।

सूचीमा, मुम्बई इन्डियन्स २४२ मिलियन (₹२,०७५ करोड) सहित दोस्रो स्थानमा छ र चेन्नई सुपर किंग्स २३५ मिलियन (₹२,०१५ करोड) का साथ तेस्रो स्थानमा छ ।

आईपीएल २०२५ ले प्रायोजन र विज्ञापनबाट ६०० मिलियन (लगभग ५ हजार करोड रुपैयाँ) कमाएको छ, जुन गत वर्षको तुलनामा ५० प्रतिशत बढी हो ।