९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले पुरिएर ६ जनाको मृत्यु, तीन बेपत्ता (अपडेट)



अ+ अ-

पर्वत। पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै आएको पहिरोमा परेर बेपत्ता भएकामध्ये थप एकजनाको शव फेला परको छ । योसँगै मृत्तकको संख्या ६ पुगेको पर्बत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोमा पुरिएका उद्धारमा खटिएका सुरक्षाकर्मीले थप शव फेला पारेका हो । । शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनीको मृत्यु भएको छ । मृतक अरु तीनजनाको शव फेला परेको छ ।

तुलबहादुर थापाको ६ जनाको परिवार र कमला विकको ३ जनाको परिवार पहिरोले पुरेको हो । ९ मध्ये ६ जनाको शव फेला परेको हो ।

प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले बिहानैबाट पनि थप सुरक्षाकी उद्धार र बेपत्ताको खोजीमा जुटेका छन् ।