२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्रीलाई समाजवादीको अल्टिमेटम : ७ दिनभित्र स्पष्टीकरण, नत्र निष्कासन सम्भावना



अ+ अ-

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले पूर्वमन्त्री तथा नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिएको छ। पार्टी सचिवालयको बैठकले अनुशासन प्रक्रिया अगाडि बढाउँदै समयावधि लम्ब्याउने निर्णय गरेको हो।

झाँक्रीले केही दिनअघि पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष माधवकुमार नेपालमाथि लक्षित रूपमा पुनर्गठनको आवश्यकता रहेको संकेत गरेकी थिइन्। १४ असारमा सार्वजनिक कार्यक्रममा उनले “सिनो बोकेर हिँड्न सकिन्न” भन्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिलाई लिएर पार्टीले झाँक्रीसँग औपचारिक स्पष्टीकरण मागेको थियो।

पार्टीले झाँक्रीको भनाइलाई गम्भीर अनुशासनहीनताको रूपमा लिँदै स्पष्ट धारणा दिन समय थप गरेको जनाएको छ। झाँक्रीको टिप्पणीले पार्टीभित्रको असन्तोष झल्किएको भन्दै यो कदम चालिएको बताइएको छ।

राजनीतिक विश्लेषकहरूले झाँक्रीको भनाइलाई पार्टीमा बढ्दो मतभेद र नेतृत्वको चुनौतीका रूपमा हेरेका छन्। अबको सात दिनभित्र झाँक्रीको जवाफपछि मात्र पार्टीको अर्को कदम तय हुने देखिएको छ।