२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हितेन्द्रको सय दिने उपलब्धिः श्वेतपत्र जारीदेखि ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरणसम्म



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार्यकालमा प्राधिकरणको यथार्थता बाहिर ल्याउन श्वेतपत्र जारी गरिएको बताउनुभएको हो । उहाँकाअनुसार स्वेत्तपत्रमा उर्जा सुरक्षा, विश्वसनिय विद्युत,नविनतम उपायबाट वित्तीय व्यवस्थापनलाई जोड दिएको छ । त्यस्तै,  मानव स्रोत व्यवस्थापन गरिएको छ । सय दिने उपलब्धिमा उहाँले  वितरण तथा ग्राहकतर्फ १० ओटा धेरै महशुल बुझाउने उद्योगीलाई सम्मान गरिएको बताउनु भयो । जसबाट वृद्ध खपतमा वृद्धि आउने आशा व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशक शाक्यले भन्नुभयो–‘डेडिकेटर लाइनसम्बन्धि विवाद समाधानतर्फ उन्मुख छ भने एकसय दिनको अवधीमा चार्जिङ स्टेशनका पूर्वाधार बनाउन १ करोड बजेट छुट्याइएको छ, ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ । स्मार्ट मिटरको उपलब्धतालाई बढाइएको छ । वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाइएको  छ भने सबस्टेशनहरु तयार भएका छन् ।’
शाक्यकाअनुसार चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण र यस अन्तर्गतका  जलविद्युत आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बढी क्षति पुयाएको  छ भने उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको उहाँको भनाई छ । त्रिशुली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पु¥याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द भएको उहाँले बताउनु भयो ।

बाढीले त्रिशुली करिडोरका आयोजनाहरूमा असर पारेको बताउनु भयो । उहाँकाअनुसार  बाढीले प्रत्यक्ष असर पारेका आयोजनामा रसुवागढी, चिलिमे र त्रिशूली थ्री ए रहेका छन् । त्रिशुली करिडोरका मात्रै करिव ६–७ वटा प्लान्ट  बन्द अवस्थामा पुगेका छन् ।

शाक्यका अनुसार बाढीले माथिल्लो त्रिशुली ‘थ्री ए’ को ड्याममा क्षति पु¥याएको छ भने दुई गेट बगाएको छ । बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशुली आयोजनाको उत्पादन पनि ठप्प भएको छ । उहाँले ठूलो क्षमताका आयोजना बन्द भएपनि देशभर विद्युतको माग व्यवस्थापनमा कुनै समस्या नभएको  स्पष्ट पार्नुभयो ।