६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौँ । डिशहोमले नेपालको इन्टरनेट र टिभी क्षेत्रका ग्राहकहरूको अनुभवलाई नयाँ आयाम दिने उद्देश्यका साथ, आफ्नो ग्राहक सेवा एप, “माइ डिशहोम एप” मार्फत चाँडै ग्राहक भर्चुअल प्रिभिलेज कार्ड नामक विशेष सेवा उपलब्ध गराउँदैछ ।

यो सुविधा नेपालकै इन्टरनेट र टिभी क्षेत्रमा पहिलो पटक ल्याउन लागिएको हो, जसले कनेक्टिभिटी मात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा थप लाभ प्रदान गर्ने उद्देश्य राख्दछ ।

डिशहोम ग्राहक प्रिभिलेज कार्ड पूरै भर्चुअल कार्ड हो, जुन एक्टिभ सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वचालित रूपमा देखिनेछ । यस कार्डमार्फत ग्राहकहरूले २५% सम्म छुट पाउन सक्नेछन्, जुन विभिन्न साझेदार सेवाहरूमा लागू हुनेछ ।

होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाईल एक्सेसोरिज, इलेक्ट्रोनिक्स आउटलेट, होम अप्लायन्सेस, सपिङ मल, अटोमोबाइल शोरूम लगायतका विविध क्षेत्रमा डिशहोमले सहकार्य गर्दैछ, जसले ग्राहकहरूलाई दैनिक जीवनमा थप सुविधाजनक बनाउनुको साथै आर्थिक छुट पनि प्रदान गर्नेछ ।

“डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवामात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ,” डिशहोमका प्रमुख कार्यकारी अधिकृत( तारा मानन्धर ज्युले बताए। “यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी आफ्ना ग्राहकहरूलाई थप लाभ दिने डिजिटल जीवनशैली ईकोसिस्टम तयार गर्दैछौं ।”

यो कार्ड केवल ग्राहकको सदस्यता सक्रिय अवस्थामा मात्र एपमा देखिनेछ, जसले यसलाई सुरक्षित र विशेष बनाउँछ। सेवा सुरु भएपछि ग्राहकहरूले “माइ डिशहोम एप” बाट डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

डिशहोमले नवीनताको नेतृत्व गर्दै आइरहेको छ र यो नयाँ पहलले नेपालको डिजिटल जीवनशैली परिवर्तन को यात्रामा कम्पनीको अग्रणी भूमिकालाई थप सुदृढ बनाउनेछ ।

ग्राहकहरूलाई प्ले स्टोर वा एप स्टोर बाट माइ डिशहोम एप डाउनलोड वा अपडेट गर्न आग्रह गरिन्छ, ताकि उनीहरूले चाँडै आउने यो सुविधाको लाभ लिन तयार रहुन् ।