१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुर घटनाः मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो



अ+ अ-

भोजपुर। शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न यहाँ ल्याइएको हो ।

भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको शनिबार राति हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुको हत्या गरेपछि अभियुक्तले नै घटनाबारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

अभियुक्त राई पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए ।  जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

मनिषा र राजेन्द्रबीच नौ महिना अगाडी प्रेम बिवाह भएको थियो । झगडा भएपछि केही समयदेखि मनिषा माइतमै बस्दै आएकी थिइन् ।

भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएकाले उनीहरु आएपश्चात् मात्र दास संस्कार गरिने प्रहरीले जनाएको छ ।