८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकुलता, असहजता, विघ्नवाधा देखिने गरेको भन्दै उहाँले प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले प्रबुद्ध वर्गहरुले नियतबारे सधैँ हेक्का राख्नुपर्ने बताउनु भयो ।

उहाँले अवसरहरु वरपर नै घुमिरहेको तर त्यसलाई चिन्न सक्नुपर्ने बताउनु भयो । अवसर गुम्यो भने देश र जनताको बेहाल हुने जिकिर गर्नुभयो । त्यसैले आफ्नो वरपर रहेका अवसरहरुलाई सुक्ष्म दृष्टिले नियाल्न जरुरी रहेको बताउनु भयो । अब पनि अवसरहरु नियाल्न ढिलो गरे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भयो । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन बन्ने बताउनु भयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘प्रबुद्ध वर्गहरुले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरुले नियतको परख गर्नैपर्छ । यो बहुत ठूलो कुरा छ । यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो । प्रधानन्याायधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो । म लिन्छु, कुनैपनि हिसावले मैले मुकर गर्दिन । जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ । त्यहाँ न्यायाधीश न्यायधीश बीचमा बसेर न्यायिक निरुपण गर्नुप¥यो भने त्यहाँ डिक्टेड गर्न पाइँदैन ।

मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभुति हुन्छ भने प्रतिकुलता, असहजता, विघ्नवाधा देखिन्छ । प्रतिकुलता, असहजता, विघ्नवाधामा पनि अनुकुलता भेटिन्छ भन्ने मेरो अविचलित विचार हो । संकल्प बोकेर हिँडेको छु म । अवसरहरु हाम्रा वरिपरी नाचिरहेका छन् । हाम्रो अकर्मण्यताले हो, उदासिनताले हो, असक्षमताले हो, चिन्न पो सकिएन की ? देख्न पो सकिएन की, समात्न पो सकिएन की ? अवसरले हामीलाई कहिल्यै पर्खिंदैन । अवसर गुमे मुलुक र जनताको बेहाल हुन्छ । त्यसैले हाम्रा वरपर रहेका अवसरहरुलाई हाम्रा सुक्ष्म दृष्टिले, चेतनाका ति प्रतिविम्वहरुले नियाल्न अब पनि ढिलो भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । म अहिलेको लागि मात्रै भन्दिनँ । यो अवसर कसरी गुम्यो भन्ने सबैलाई थाहा छ । शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन भन्ने कुरा आउँछ ।’

प्रधानन्यायाधीश राउतले मोती बाहिरबाट चम्किने तर पुस्तक अन्तःस्करणबाट नै चम्किने जिकिर गर्नुभयो ।