४ श्रावण २०८३, सोमबार
,
Latest
अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते इराकमा इरानी ड्रोनको अवशेष निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सटर बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी



अ+ अ-

काठमाडौँ । सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले सटर बन्द गरेका हुन् ।

न्युरोड लगायका स्थानहरुमा सुनचाँदी पस बन्द रहेको छ । विनयोजन विधेयक पास हुँदा पनि आफूहरुको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरुको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरुले आन्दोलन शुरु गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएसँगै उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।