२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन्ः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रहरी प्रशासन भनेको सरकारको अनुहार भएको बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी र शान्ति सुरक्षा एक अर्कामा जोडिने भन्दै जनताले सरकारको काम हेर्ने सबैभन्दा पहिलो कुरा प्रहरी नै भएको जिकिर गर्नुभयो ।

उहाँले प्रहरीले राम्रो काम गरे जनताहरुले सरकारको कामलाई पनि राम्रोसँग लिने बतउनु भयो । तर प्रहरीको विगतको अनुभवहरु नेतृत्वमा राम्रो रहे पनि तल्लो स्तरमा राम्रो नरहेको बताउनु भयो । फिल्डमा तीता अनुभवहरु रहेकाले यसलाई रोक्ने उपायहरुसहित नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक अघि बढाउनुपर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘लोकतन्त्रलाई सुदृढ गर्ने र जनतालाई सेवा प्रदान गर्ने कुरा नै हो । प्रहरीकै र शान्ति सुरक्षाकै कुरा गर्दा जनताले पहिला हेर्ने सरकारको अनुहार प्रहरीबाटै हो । त्यो कुरा पनि आयो । हाम्रो त्यति राम्रो अनुभव छैन । माथिल्लो लिडरसिप लेभलमा कुरा गर्दा त ठिकठिकै देखिन्छ । तल फिल्डमा जाँदाका अनुभवहरु धेरै तीता अनुभवहरु छन् । त्यसलाई रोक्ने के उपाय हुनसक्छ भनेर यसलाई परिमार्जन गर्नुपर्छ ।’

अध्यक्ष दाहालले गणतन्त्रलाई सुधार गर्ने आधारका रुपमा बहसलाई अघि बढाउनुपर्ने बताउनु भयो । समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो ।