११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो



अ+ अ-

एजेन्सी । स्कटल्याण्डकी एलेनाले ३१ वर्षपछि समुद्रमा फ्याँकेको पत्र फिर्ता पाइन् ।

१२ वर्षको उमेरमा एलेनाले एउटा स्कूल प्रोजेक्ट पाइन् । यसमा उनले बोतलभित्र एउटा पत्र राखेर समुद्रमा फ्याँक्नुपरेको थियो ।

यस पत्रमा, एलेनाले उक्त बोतल फेला पार्ने व्यक्तिको लागि सन्देश लेखेकी थिइन्, जुन बोतल धेरै वर्ष पछि २७ वर्षीया पियाले स्कटल्याण्डबाट ११६६ किलोमिटर टाढा नर्वेजियन तटमा फेला पारेकी थिइन् ।

चिठ्ठी पढेपछि पियाले बोतलको फोटोसहित एलेनाको लागि पोस्टकार्ड लेखिन् । पत्र पाएपछि एलेना धेरै खुसी भइन् । उनले फेसबुक मार्फत फेरि पियालाई सम्पर्क गरिन् । ३१ वर्षपछि बोतल फेला परेको थाहा पाउने बित्तिकै पिया छक्क परिन् ।