१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

साउनभित्र एसईईको नतिजा

साउनभित्र एसईईको नतिजा
अ अ+ अ-

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताए । कोरोना भाइरसको सङ्क्रमण भयावह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ । नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि केही दिन लाग्ने अनुमान गरिएको छ ।

विद्यार्थी विद्यालय जानु पर्दैन
एसईईका विद्यार्थी आफ्नो विद्यालयमा भने जानु नपर्ने भएको छ । तर, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र माध्यमिक तहको ज्येष्ठ सदस्य भने विद्यालय जानुपर्ने गरी कार्यविधि बनाइएको छ । ज्येष्ठ शिक्षकबारे थप स्पष्ट गर्दै भनिएको छ, “सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि हुुनेछन् ।’’
कार्यविधिले विद्यालयको प्रधानाध्यापक अध्यक्ष तथा सम्बन्धित कक्षा शिक्षक र विद्यालयको माध्यमिक तहको ज्येष्ठ शिक्षक सदस्य रहने गरी मूल्याङ्कन समिति गठन गर्ने प्रावधान तय गरिएको छ । समितिले अन्तिम मूल्याङ्कनको प्रमाणित गर्ने काम पनि गर्नेछ । विद्यालयले २० गतेभित्र विद्यार्थीको अन्तिम मूल्याङ्कन गरी जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्ने समय तय गरिएको छ ।

अन्तिम परीक्षालाई धेरै अङ्क
विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अङ्क जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । अन्तिम परीक्षालाई सबैभन्दा धेरै अङ्क दिने सरकारले नीति बनाएको छ । विद्यालयले विद्यार्थीको अन्तिम मूल्याङ्कन गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने जिम्मेवारी दिइएको छ । समन्वय एकाइलाई जिल्लाका सबै विद्यालयको अभिलेख सङ्कलन गरी असार ३० भित्र सबै सामग्री बोर्डमा पठाउने समय दिइएको छ ।

यसपटक नतिजा प्रकाशनपश्चात् पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने तथा पूरक ग्रेड वृद्धि परीक्षा भने नहुने कार्यविधि तय गरेको जानकारी अधिकारीहरूले दिएका छन् । यसअघि सरकारले २०७६ सालको एसईई परीक्षा पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने निर्णय गरेको थियो तर कार्यविधि निर्माण नहुँदा यसको प्रक्रिया अगाडि बढ्न सकेको थिएन । गोरखापत्र दैनिक