१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको कमी : डब्ल्यूएचओ



अ+ अ-

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन कन्स्ट्रेटर (अक्सिजन सिलिन्डर) को कमी भएको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले विका धेरै देश अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेको बताएका छन् । ‘यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ’ पत्रकार सम्मेलनमा गेब्रियासेस भने ।

हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिने गरेको बताउँदै उनले भने, ‘प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६।२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’

यस्तै, विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको र केहि हप्ताभित्र १२० देशमा पठाउने योजना बनाएको गेब्रियासेस बताए । नेपाल समाचारपत्र दैनिक