१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा आएको छः घिसिङ

हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा आएको छः घिसिङ
अ अ+ अ-

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा आइपुगेको बताएका छन् । उनले प्राधिकरणले गरेको मेहनतकै कारण लकडाउनको कारण सास्ती खेपिरहेका नागरिकहरुलाई विद्युतमा सहुलियत दिने ठाउँमा आइपुगेको बताएका हुन् । घिसिङले भने– ‘९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई चार बर्षको अवधिमा १० अर्ब नाफामा लैजान सकियो । दृढ इच्छा शक्ति भएका कारण चुनौतीको सामाना गर्न सकेका हौं । घाटाको प्राधिकरणलाई नाफामा लैजान सकेकै कारण आज लकडाउनको पीडा खेपिरहेका नागरिकहरुलाई सहुलियतमा बिजुली दिने अवस्थामा आइपुगेका छौं ।’ खानेपानी, सिचाइँ, उद्योगमा सञ्चालनमा विद्युत महसुल छुट गरिएको बताउदै किसानलाई ठूलो राहत मिल्ने पनि घिसिङले बताए ।

विद्युत् नियमन आयोगले विद्युत् महसुल समायोजन गरेसँगै विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई महशुलमा राहत भएको छ । प्राधिकरणको प्रस्तावमा आयोगले विस्तृत अध्ययन गरी औसत १० प्रतिशतसम्म महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ भने विजुली भने निःशुल्क दिइने भएको छ । ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ । त्यसैगरी २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल हिसाव गरेर तिर्नुपर्नेछ ।

३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने भने ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९।५ रुपैयाँ प्रतियुनिट, १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९।५० रुपैयाँ प्रतियुनिट शुल्क, १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट र २५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महशुल तिनुपर्ने छ ।

त्यसैगरी ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियनिट बिजुली महसुल तिर्नुपर्ने व्यवस्था गरिएको छ । लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज गरिएको छ । विद्युत प्राधिकरणले २०७६ मंसिर १३ गते आयोग समक्ष उपभोक्ता विद्युत् महसुल निर्धारणको लागि प्रस्ताव पेश गरेको थियो । नेपाल समाचारपत्र दैनिक