२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन संसद भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । निर्माणाधीन संसद भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सोमवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शहरी विकास मन्त्रालयलाई निर्माणाधिन संसद भवनको उपलब्धि जानकारी गराउन निर्देशन दिएको हो ।

समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै समिति सभापति ठाकुरप्रसाद गैरेले शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद भवनको बारेमा भइरहेको भौतिक प्रगति र सांसदहरुले उठाएका प्रश्नको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन दिनुभयो । सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको छ । पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई नै विषयवस्तु बनाएर यसका जानकारहरुसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धिमुलक नै हुन्छ । शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद भवनको हामीले गरेका प्रश्नहरुको कार्यान्वयन के भएको छ ? भन्नेकुराको जानकारी दिन पत्राचार गर्ने ।’

सभापति गैरेले पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई विषयवस्तु बनाएर जानकारहरुसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धिमुलक हुने जिकिर गर्नुभयो ।