२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार

रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाइस फुड्स प्रालि सञ्चालनमा

रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाइस फुड्स प्रालि सञ्चालनमा
अ अ+ अ-

काठमाडौं ।  रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाइस फुड्स प्रालि सञ्चालनमा आएको छ ।

गुल्मीको मदाने गाउँपालिका वडानं ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् । काठमाडौंमा विहीवार एक कार्यक्रमकाबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फस्र्ट च्वाईस फुडको उत्पादन सार्वजनिक गर्नुभयो ।

आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताउनु भयो । अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको सञ्चालक पौडेलले जानकारी दिनुभयो । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ । त्यसैले १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले बताउनु भयो । उहाँकाअनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् । अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको बताउनु भयो ।

नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताउनु भयो । यसले कृषिको व्यवसायिककरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले भारतमा उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी  दिनुभयो।

उद्योगका अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेष्ट पनि छन् । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गर्नुभयो । विदेशबाट खालि हात स्वदेश फर्किनुभएका कृष्ण पौडेलको जीवन्त उदाहरण हेर्दा यसबारे स्पष्ट हुने उहाँको भनाइ छ । आलुको आयात प्रतिष्थापन गरेर स्वदेशमा रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा निष्ठाका साथ र मेहनतका साथ र योजनाका साथमा लागिरह्यो भने हर कसैले चमत्कार गर्नसक्छ । यसको जीवन्त उदाहरण कृष्ण पौडेलजी र उहाँको कम्पनी हो । रित्तो हात लिएर स्वदेश फर्किनुभएको युवाले स्वदेशमै भविष्य खोज्छ र रोजगारी सिर्जना गर्दछ । आलुको आयात प्रतिष्थापन गर्नसक्ने काम आज उहाँले गर्नुभएको छ ।’

कार्यक्रममा बोल्दै सांसद वासुदेव घिमिरेले बीउ वृद्धिका कार्यक्रमहरुमा सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण रुपमा सहयोग गरेमात्रै उत्पादन फस्टाउने र किसानलाई सहयोग हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बीउ वृद्धिका कार्यक्रमहरु राम्रोसँग गर्न सकेका छैनौँ । अझै हामीलाई चाहिने आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण रुपमा सहयोग गर्नुपर्छ । केही समय लाग्छ । सामान्य इन्स्योरेन्समा मात्रै अनुदान दिएर मात्रै पुग्दैन । सम्मानजनक बीउ वृद्धिमा सहयोग गर्नुपर्छ । समयमै नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सरकारको तर्फबाट भरपुर सहयोग गर्नुपर्छ ।’

उहाँले समयमै नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सरकारको तर्फबाट भरपुर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।