१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरुभएसँगै बागमती नदीमा बाढीबाट सम्भावित जोखिम क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

आज निरीक्षण गर्ने क्रममा वर्षा लागेसँगै बागमती नदीले पार्न सक्ने असर न्यूनीकरणका लागि आवश्यक काम अघि बढाउन उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले सुन्दरीजलदेखि गोकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालय अन्तरगत भइरहेका काम, ढल व्यवस्थापन, बागमती सौन्दर्यकरण लगायतको निरीक्षण गरेका हुन् । उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमती स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि तत्काल आवश्यक कार्य अघि बढाउन निर्देशन दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल रिसालले नगरपालिकाले बागमती स्वच्छ बनाउन पालिकाभित्र गरिरहेको कामबारे जानकारी गराउनुभयो । बुधबार मात्रै उपप्रधानमन्त्री सिंहले विष्णुमतिको बूढानीलकण्ठ क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।