३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन क्यापिटल भर्जिन अस्ट्रेलिया किन्न सहमत



अ+ अ-

सिड्नी । निजी क्षेत्रको अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटलले टाट पल्टिएको अस्ट्रेलियाली बिमान सेवा भर्जिन अस्ट्रेलिया खरिद गर्न सहमति जनाएको डिलोइट कम्पनीले जनाएको छ । 

भर्जिन अस्ट्रेलिया खरिदका लागि यसअघि निवेदन दिएको साइरस क्यापिटल पार्टनर्सले अनिच्छा देखाएपछि दोस्रो प्रतिस्पर्धी बेन क्यापिटललाई बिक्री गर्न लागिएको हो । 

डिलोइटले कम्पनी बिक्रीका लागि आगामी अगस्टमा लगानीकर्ताहरुले मतदान गर्ने जनाएको छ । डिलोइटले बेन क्यापिटलले खरिदका लागि निकै आकर्षक योजना र रकम प्रस्ताव गरेको बताएको छ । 

अस्ट्रेलियाको यो दोस्रो ठूलो बिमान कम्पनी हो । यस कम्पनीमा हजारौं कामदार र उनीहरुका परिवार आश्रित छन् । कम्पनी बिक्रीका क्रममा अधिकांश कर्मचारी, कामदारको रोजगारी सुनिश्चित गरिएको डिलोइटले जनाएको छ ।

कोरोनाभाइरसका कारण अस्ट्रेलिया सहित विश्वभर हवाई सेवाको अवस्था नाजूक देखिए पनि भर्जिन अस्ट्रेलियाप्रति बेन क्यापिटलले देखाएको उत्सुकताले पर्यटन र हवाई क्षेत्र चाँडै पुनरागमन हुने संकेत गरेको डिलोइटको भनाई छ ।