२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी सम्झौता संसदबाट पारित हुनुपर्छ : सहमहामन्त्री महत



अ+ अ-

नवलपरासी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सीमा समस्या वार्ताबाट समाधान गर्न आग्रह गर्नुभएको छ । कांग्रेस महासमिति सदस्य एवं नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको १३ औँ दिनको पुण्य तिथिमा आज  कांग्रेस जिल्ला समितिले गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,  “कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।”

मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौता संसद्बाट पारित गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

 काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले एक जुट भएर सङ्गठन निर्माण गर्नुपर्ने बताउनुभयो । काङ्ग्रेसका जिल्ला सभापति विष्णु पौडेल, प्रदेशसभा सदस्य वैजनाथ जयसवाल, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्तालगायतले शर्माको योगदानबारे प्रकाश पार्नुभएको थियो । गाउँपालिका अध्यक्ष शर्माको सडक दुर्घटनामा परी निधन भएको थियो ।