न्यूजपोलार ए.आई.
- मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ
- असार ४ गते राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको
- भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आरोप
काठमाडौं । मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।
असार ४ गते राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए । बुधबार राती सिगापुर हुदै उनलाई नेपाल ल्याईएको हो ।
ज्योतिबहादुर भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आरोप छ ।











