११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी

आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी
अ अ+ अ-

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

उहाँले हरेक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुने भएपनि उनीहरुलाई रोजगारी दिनेगरी बजेटमा कुनै कार्यक्रम समावेश नगरिएको बताउनु भयो । रोजगारी सिर्जना गर्नसक्ने क्षेत्र कृषिमा अझैपनि सामन्ती भूस्वामित्व कायम रहेको भन्दै किसानको सट्टा भूमाफियालाई पोस्नेगरी बजेट ल्याइएको अध्यक्ष केसीले दाबी गर्नुभयो । दुध र मासुमा केही हदसम्म मुलुक आत्मनिर्भर हुँदै गइरहेको अवस्था आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको उहाँको आरोप थियो । आम जनता खुशी नहुने बजेटको स्वामित्व नेपाली जनताले लिन नसक्ने भन्दै अध्यक्ष केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको र बजेट मुठीभरका थैली शाहवर्गका निमित्त बनेको बजेट भन्दा फरक नपर्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारले संशोधन नगर्ने थाहा हुँदाहुँदै पनि जनताका बीचमा बजेटको विषय पुगोस् भनेर आपूmले बजेटमाथिको छलफलमा भाग लिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष संसदमा बजेट प्रश्तुत हुँदा त्यसमाथिको छलफलमा भाग लिउँ कि नलिउँ भनेर मेरो मनमा प्रश्न उठिरहन्छ । छलफलमा भाग लिने हो भने प्रश्तुत बजेट जे जस्तो आएको छ त्यसमा सरकारले कुनै छाँटकाँट वा संशोधन गर्दैन । छलफलमा भाग नलिने हो भने बजेटको वास्तविकता जनताको बीचमा पुग्दैन । बजेटमा कुनै संशोधन होला भन्ने आशाले होइन, बजेटको वास्तविकता जनताबीच पुगोस् भनेर म यो रोष्ट्रममा उभिएको छु । प्रत्येक वर्ष बजेट प्रश्तुत गर्नु राज्यको एउटा नियमित प्रक्रिया हो । अहिलेको प्रश्तुत बजेट पनि त्यसैको एउटा निरन्तरता भन्दा बढी केही हो जस्तो लाग्दैन । बजेट प्रश्तुत हुँदा आम नेपाली जनतालाई कौवालाई बेल पाक्यो हर्ष न विस्मात भएको छ । यो बजेटले आम नेपाली जनतालाई खुशी बनाउन सकेको छैन । आम जनता खुशी नहुने बजेटको स्वामित्व पनि आम नेपाली जनताले लिनसक्ने कुरा पनि भएन । त्यो अवस्थामा यो बजेट मुठीभरका थैली शाह वर्गका निमित्त बनेको हो भन्दा फरक पर्दैन । यो बजेट आम नेपाली जनताको लागि बनेको होइन भनेर बोलिरहँदा मैले तथ्यहीन आरोप लगाएको छैन । बजेटको अन्तरवस्तुमा गएर विचार गर्ने हो भने त्यो आरोप नभएर यथार्थता हो ।’

‘बजेटका केही तथ्यमाथि विचार गरौं– प्रत्येक वर्ष हाम्रो श्रम बजारमा पाँच लाख मानिस रोजगारीका लागि थपिन्छन् । पाँच लाख मानिसलाई रोजगारीको सिर्जना गर्नुपर्ने हुन्छ । ती पाँच लाख मानिसलाई रोजगारी दिन हाम्रो बजेटले के कस्तो कार्यक्रम बनाएको छ त्यसलाईपनि एकपटक हेरौं । रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि हो तर कृषि क्षेत्रमा कति जनाका लागि बजेटले रोजगारी सिर्जना गर्नसक्यो भनेर खोज्ने हो भने कृषिमा अझै सामन्ती भूस्वामित्व कायम छ । किसानको सट्टा भूमाफियालाई पोस्नेगरि बजेट बनाइएको छ । कृषि क्षेत्रलाई राष्ट्रिय उद्योगसँग जोड्ने कुनै कार्यक्रम छैन । यहाँसम्म कि नेपाल दूध र मासुमा केही हदसम्म आत्मनिर्भर हुँदै गइरहेको स्थितिमा कृषिजन्य, दूधजन्य, वनस्पतिजन्य, मासुजन्य वस्तुको आयातमा लाग्ने अग्रिम कर हटाएर, विदेशी आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको छ । रोजगारी सिर्जना गर्ने अर्को क्षेत्र उद्योग हो । विगतमा नेपाल सरकार तथा मित्रराष्ट्रबाट स्थापना गरिएका सार्वजनिक मोडलमा सञ्चालित जनकपुर चुरोट कारखाना, गोरखकाली रवर उद्योग, बुटवल धागो कारखाना, उदयपुर सिमेन्ट उद्योगलाई विक्री गर्ने भनेर यसै बजेटमा परेको छ । राज्यमा भएका उद्योगहरु निजीलाई विक्री गरिरहेको सन्दर्भमा नयाँ उद्योग खोल्ने नीतिबाट राज्य पछि हट्दै गइरहेको स्थितिमा उद्योग क्षेत्रले पनि नयाँ रोजगारी सिर्जना गर्नसक्ने प्रश्न भएन । त्यसैले हामी नेपालीहरुको अगाडि एउटै उपाय बाँकी रहन्छ त्यो भनेको वर्षेनी नेपाली युवाहरुबाट कमिसन खाएर वैदेशिक रोजगारीका लागि विदेश पठाउने, तिनै युवाहरुले पठाएको रेमिट्यान्सबाट संसद र तीनै तहका सरकार चलाउने ।’

उहाँले हरेक वर्ष नेपाली युवाहरुबाट कमिशन खाएर वैदेशिक रोजगारीका लागि विदेश पठाउने र तिनै युवाहरुले पठाएको रेमिट्यान्सबाट संसद र तीनै तहको सरकार चलाउने गरेको बताउनु भयो ।