४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाक्षेत्रका सैनिकलाई मार्सल आर्ट सिकाउदै चीन



अ+ अ-

बेइजिङ । भारतसँगको सीमामा झडप भएपछि चीनले आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाएको जनाएको छ । आधिकारिक प्रतिक्रिया नजाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो । दुई देशका सेनाबीच सीमाक्षेत्रमा दुई साताअघि भएको भीडन्तमा कम्तीमा २० भारतीय सेनाको मृत्यु भएको थियो । घटनामा ७६ जना भारतीय सैनिक घाइते भएका थिए । चीनले भने हालसम्म आफ्नो तर्फको क्षतिको विवरण सार्वजनिक गरेको छैन । सन् १९९६ मा गरिएको एक सम्झौता अनुसार सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक, बम वा विस्फोटक पदार्थ बोक्न पाउदैनन् । उक्त भिडन्तमा चिनिया पक्षले घरेलु हतियारको प्रयोग गरेको जनाइएको छ ।

हङकङका सञ्चार माध्यमका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चार माध्यमले जुन २० तारिखमा उल्लेख गरेका थिए । सरकारी प्रसारक सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा पठाइएको हो । आणविक हतियारसम्पन्न भारत र चीनबीच जुन १५ मा लद्दाखको गलवान उपत्यकामा हिंसात्मक भिडन्त भएको हो । उक्त घटनाप्रति दुवै देशले एक अर्कालाई आरोप लगाउंदै आएका छन् ।

प्रतिकूल मौसम रहेको उच्च हिमाली क्षेत्र अक्साइ चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रण रहिआएको छ । भारत र चीनबीच सीमामा लामो समयदेखि सीमाका कारण तनाव हुंदै आएको छ । तर सीमा झडप कै कारण भने चार दशकभन्दा बढी समयपछि सैनिकको मृत्यु भएको हो ।

भारत र चीनबीच सन् १९६२ मा सीमायुद्ध भएको थियो । उक्त युद्धमा भारत नराम्ररी पराजित भएको थियो । भारतले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र चीनले ओगटेको आरोप लगाउंदै आएको छ । पछिल्लो समय चीनले नियोजित रुपमा सीमाक्षेत्रमा सैनिको उपस्थिति बढाउँदै लगेको भारतको आरोप छ । दुई देशबीच सीमा विवादबारे पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान निस्कन सकेको छैन । कान्तिपुर दैनिक