२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रुपमा लिएपनि बजेटमा त्यस्तो नपाएको जिकिर गर्नुभयो । उहाँले देशको ज्ञान राम्रोसँग नभएको व्यक्तिका रुपमा पाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अवरोध कायम रहन्छ भन्ने संकेत पाएका छौँ । बजेटको सवालमा भौतिक पूर्वाधारमन्त्रीज्युको अध्ययन, नेपालका भूगोल कस्तो छ देश, त्यो कतै ज्ञान छैन की जस्तो लाग्यो ।’

संसदको अवरोध कायम रहने जानकारी पाएको पनि बताउनु भयो ।