५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण



अ+ अ-

ताप्लेजुङ। मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला-४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर(मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्रमदानमार्फत जुटाइने उहाँले बताउनुभयो । वनेमका अनुसार माङमाया खोलामा रु एक लाख ५० हजार बराबरको श्रमदानमार्फत अस्थायी मोटरेवल पुल निर्माण भइरहेको छ ।

वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको अध्यक्ष वनेमले उल्लेख गर्नुभयो । सवारीसाधानसहित पैदल यात्री सहज रूपमा आउजाउ गर्न मिल्नेगरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।

काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक, टोल विकास संस्था, युवालगायत सहभागी भएर पालिकाले विगतदेखि श्रमदान अभियान सञ्चालन गर्दै आएको छ । रासस