२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद श्रेष्ठको प्रश्नः कानून संसदले बनाउने कि संघसंगठनले ?



अ+ अ-

न्यूजपोलार ए.आई.

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

सांसद श्रेष्ठले हाल कायम रहेको विभिन्न खालका शिक्षकको मानक कहाँ हुने र शिक्षकहरुको मापिङ के ? भनेर पटक पटक तथ्यांक मागिएपनि अहिलेसम्म प्राप्त हुन नसकेको बताउनु भयो ।

विभिन्न प्रकारका शिक्षकको समायोजनका विषयमा अझैपनि स्पष्ट रुपमा उल्लेख हुन नसकेको दाबी गर्नुभयो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न गर्नुभएको छ ।

शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले नेताहरु राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानूनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको बताउनु भयो । भएका छलफल र सहमति कार्यान्वयनमा नलैजाने हो भने समितिमा छलफल गर्नुको कुनै अर्थ नहुने उहाँको भनाई थियो । सांसद श्रेष्ठले हाल कायम रहेको विभिन्न खालका शिक्षकको मानक कहाँ हुने र शिक्षकहरुको मापिङ के ? भनेर पटक पटक तथ्यांक मागिएपनि अहिलेसम्म प्राप्त हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजी र सामुदायिकका बीचमा जुन काम हुनुपर्ने हो त्यो पनि भएको छैन । शिक्षा विधेयकमा काम गर्ने भनेको दरबन्दीका लागि मात्र होइन । शिक्षा विधेयक बनाउँदा वर्क आउट नगरिएको पाए । मेरो अनुरोध के छ भने विभिन्न थरिका शिक्षकहरु जुन छन्, विभिन्न खालका जुन शिक्षकहरु छन् त्यसमा शिक्षा ऐन आइसकेपछि उहाँहरुको अवस्था के हुन्छ । राजनीतिज्ञहरुले बनाएको हो भने यो रोक्नुप¥यो । विभिन्न खालका शिक्षकको मानक कहाँ हुन्छ ? यी विभिन्न प्रकारका शिक्षकहरुको मापिङ के हुन्छ भनेर मागेको विषय हो । पटक पटक तथ्यांक मागिएको तर, त्यो तथ्यांकको वर्कआउट अहिलेसम्म आएको छैन ।

अब अंग्रेजी उखान अनुसार ‘कुकुरले पुच्छर हल्लाउने कि ? पुच्छरले कुकुर हल्लाउने ?’ भन्ने मेरो प्रश्न छ । हामीले विधेयक बनाउने कि संघसंगठनले बनाउने ? यो कानुन बनाउँदै नबनाउने हो भने यो गणतन्त्रको के काम ? हामीले काम गरेको ग¥यै गर्ने अनि त्यसपछि सम्झौता र प्रतिवेदन परिवर्तन गरेर महासंघले गरेको छ भनेर हुँदैन । मागिएका डेटाहरु फुलफिल गरेर आउनुप¥यो । इसिजिको महत्व कति छ भनेर राजनीतिक भाषण चाहीँ दिने अनि त्यसमा कुन कुन कानुहरुले काम गर्छ भनेर गर्न लगाउने । तर, भएका छलफलहरु कार्यान्वयनमा नजाने हो भने किन छलफल गर्ने ? निजीमा राम्रो र सार्वजनिकमा झुर भन्ने हुन्छ ? हरेक सांसदलाई तीन तीन करोड बाड्ने आयोजना रोक्नुप¥यो । राजनीतिक दोहोरो चरित्र भयो । बजेटमा शिक्षाको बजेट २ खर्ब ११ अर्ब छ सुन्दा सबैभन्दा ठूलो छ । यसपाली महंगी भत्ता बढाउने भनिएको थियो पोहोरभन्दा ३ हजार बढाइयो पनि । तर, त्यसमा शिक्षकलाई कसरी समायोजन गरिन्छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख अझै हुन सकेको देखिएन ।’  

उहाँले विभिन्न प्रकारका शिक्षकको समायोजनका विषयमा अझैपनि स्पष्ट रुपमा उल्लेख हुन नसकेको दाबी गर्नुभयो ।