११ श्रावण २०८३, सोमबार
,
Latest
झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमाथि इरानको जवाफी आक्रमणः १०० वटा ड्रोन प्रहार, एक घण्टा भित्र इजरायल पुग्ने



अ+ अ-

एजेन्सी । इजरायल विरुद्ध बदला लिन इरानले १०० भन्दा बढी ड्रोनहरू प्रहार गरेको छ । इजरायल रक्षा बलले यी ड्रोनहरू आगामी १ देखि २ घण्टामा इजरायल पुग्न सक्ने बताएको छ ।

हाल यो ड्रोन इराक र जोर्डनको हवाई क्षेत्रमा छ । जोर्डनको राजधानी अम्मानमा साइरन बज्न थालेको छ ।

टाइम्स अफ इजरायलका अनुसार, आईडीएफले इरानले चाँडै नै ठूलो क्षेप्यास्त्र आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।

आज बिहानै इजरायलले २०० लडाकु विमानहरूसहित इरानमाथि आक्रमण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाले तेहरान वरपरका कम्तिमा ६ सैन्य अड्डाहरूलाई निशाना बनाएको छ । यी ६ स्थानहरूमध्ये ४ स्थानमा आणविक अड्डाहरू पनि छन् ।