२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनी आइसीसीको ‘हल अफ फेम’मा समावेश, यो उपलब्धि हासिल गर्ने ११ औं भारतीय



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को हल अफ फेममा समावेश गरिएको छ । आइसीसीले सोमबार यो घोषणा गरेको हो ।

धोनी यो सम्मान पाउने ११ औं भारतीय खेलाडी बनेका छन् । यसअघि यो उपलब्धि सुनील गावस्कर, बिसन बेदी सिंह, कपिल देव, अनिल कुम्बले, राहुल द्रविड, सचिन तेन्दुलकर, विनु मांकड, डायना एडुल्जी, विरेन्द्र सहवाग, नितु डेभिडले हासिल गरेका छन् ।

आईसीसीले धोनीको करियरको बारेमा भन्यो, ‘१७,२६६ अन्तर्राष्ट्रिय रन, ८२९ क्याच र ५३८ खेल’ यी तथ्याङ्कले उनको प्रतिभाको मात्र नभई उनको निरन्तरता, फिटनेस र लामो करियरको पनि प्रमाण दिन्छन् ।’

यस सम्मानप्रति प्रतिक्रिया दिँदै धोनीले भने, ‘आईसीसी हल अफ फेममा नाम समावेश हुनु मेरो लागि ठूलो सम्मान हो । विश्वभरका दिग्गज खेलाडीहरूको सूचीमा मेरो नाम देख्नु मेरो लागि गर्वको कुरा हो । म यो क्षणलाई सधैं कदर गर्नेछु ।’

सूचीमा ५ पुरुष र २ महिला क्रिकेटर समावेश
आइसीसीले २०२५ को हल अफ फेमको सूचीमा जम्मा ७ खेलाडीलाई समावेश गरेको छ । जसमा ५ पुरुष र २ महिला खेलाडी छन् ।

पुरुष खेलाडीहरूमा दक्षिण अफ्रिकाका हाशिम अमला, भारतका महेन्द्र सिंह धोनी, अष्ट्रेलियाका म्याथ्यू हेडेन, दक्षिण अफ्रिकाका ग्रीम स्मिथ र न्यूजील्याण्डका डेनियल भेट्टोरी रहेका छन् ।

महिला क्रिकेटरहरूमा पाकिस्तानकी साना मिर र इङ्ग्ल्याण्डकी सारा टेलरले यो सम्मान पाएका छन् ।

तीनवटै आईसीसी ट्रफी जित्ने एकमात्र भारतीय कप्तान
धोनी अहिलेसम्मका एक मात्र भारतीय कप्तान हुन् जसले भारतलाई तीनवटै आईसीसी ट्रफी (२००७ को टी–२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी) मा जित दिलाएका छन् । उनको नेतृत्वमा भारत टेस्टमा पनि नम्बर–१ टोली बन्यो ।