३१ भाद्र २०८३, बुधबार
,
Latest
दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामा डुबेर एकको मृत्यु



अ+ अ-

मङ्गलबारे । इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ । देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
 

सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो । 

आत्महत्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ । कसैले चापागाईँको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।