२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बैठक भोली बिहान ११ सम्मका लागि स्थगित, शिर्ष तहका एक्ला एक्लै सम्वाद हुदै



अ+ अ-

काठमाडौं । नेकपा स्थायी समितिको बैठक भोली सम्मको लागि स्थगित भएको छ । हाज बिहान अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष दहाल बीच भएको  छलफल पछि बैठक रोकेर सम्बादलाई तिब्रता दिने  र समस्याको निकास खोज्ने बारेमा कुरा कानी भएको स्रोतले जानकारी दियो । 

उता  नेपाली काग्रेसका सासाद ज्ञाकुमारी छत्यालको निधनमा संसदमा शोक प्रस्ताब पारित गर्नुपरेका कारण पनि बैठक भोली बिहान ११ बजे सम्मको लागि स्थगित भएको हो । 

आजको बैठकमा नन्दकुमार प्रसाई , पेशल खतिवडा, योगेश भट्टराई लिलामणी पोखरेल र मातृका यादबले  धारणा राख्नु  भएको प्रबक्ता नारायाण्काजी श्रेष्ठले जानकारी दिनु भयो ।  उहाहरुले हिजो छलफल भएकै बिषयलाई निरन्तरता दिनु भएको श्रेष्ठले बताउनु भयो ।