२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सेयर बजारमा ‘पोजिटिभ सर्किट’, कारोबार रोकियो



अ+ अ-

काठमाडौं । आज पनि सेयरमा ‘पोजिटिभ सर्किट’ लाग्दा कारोबार स्थगित भएको छ । बुधबार ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लाग्दा कारोबार स्थगित गरिएको हो ।

कोरोना त्रासकै बिच सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पनि पोजिटिभ सर्किट ब्रेक लागेको थियो ।

बुधबार बजार खुलेको १ घण्टा २३ मिनेटमा सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५३ अंकमा पुग्दा कारोबार खुलेको पहिलो आधा घण्टा हुन नपाउँदै ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

दोस्रो पटक ५ प्रतिशतले बढेपछि ४० मिनेट रोकिएको कारोबार ६ प्रतिशतले रोकिएपछि बुधबारका लागि कारोबार नै स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

बुधबार सबै उपसमूहहरू हरियाली देखिदा होटल भने राताम्मे देखिएको छ । होटल ५ दशमलव १५ अंकले घटेको छ ।