२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा घरेलु टोलि स्कटल्याण्डले नेपाललाई ३२४ रनको लक्ष्य दिएको छ ।

डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्डले रिची बेरिङ्टनको शतकीय पारी र माइकल लिस्कको ९६ रनको मद्धतले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन जोडेको हो ।

बेरिङ्टनले ११४ बलमा १०४ रन जोडे भने लिस्क ६२ बलमा ९६ रनमा अविजित रहे । यस्तै, चार्ली टियरले ६५ बलमा ६८ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ तथा ललित राजवंशीले १ विकेट लिए ।