१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : प्रधानमन्त्री ओली

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्केपछि साँझ ७ बजे उनले पार्टीभित्रैबाटै राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई हटाउने षड्यन्त्र भइरहेको मन्त्रीहरूलाई बताए । ‘तपाईंहरूले अहिलेको परिस्थिति बुझ्नुभएकै छ, पार्टीभित्रैबाट साथीहरू राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने अभियानमा लाग्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘तर म अन्तिमसम्म यसको सामना गर्छु ।’ सहमतिका लागि छलफल गर्न भन्दै स्थायी कमिटी बैठक दुई दिन रोकिएको अवस्थामा प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री र आफ्ना सल्लाहकारहरूलाई समेत बोलाएर पछिल्लो परिस्थिति अवगत गराएका हुन् ।

ओलीले पार्टी विभाजनको संघारतिर लागिरहेको भन्दै आफ्नो पक्षमा हुने र नहुनेहरूले कित्ता क्लियर गर्नुपर्ने बताए । ‘हामीमाथि ठूलो षड्यन्त्र भएपछि तपाईंहरूलाई जानकारी दिऊँ भनेर यो बैठक बोलाएको हुँ, अहिले थप छलफल गर्ने समय भएन,’ प्रधानमन्त्रीले भने, ‘यो विषयमा फेरि अर्को छलफल गरौंला, सोच्दै गर्नुुस्, अर्कोपटक बस्दा मेरो पक्षमा हो कि विपक्षमा हो, साइड क्लियर गरेर आउनुस् ।’ ‘देशमा कोरोनाको प्रभाव बढ्दै गइरहेको छ, बाढीपहिरोले जनजीवन कष्टकर भइरहेको छ, यता साथीहरू मेरो राजीनामा माग्दै हुनुहुन्छ । उहाँहरू नै राष्ट्रपतिलाई महाअभियोग लगाउन कानुनी सरसल्लाहमा लाग्नुभएको बुझेको छु,’ प्रधानमन्त्रीले बैठकमा भने, ‘परिस्थिति यस्तै छ, हामीविरुद्ध भएको षड्यन्त्रलाई मैले बाई वर्ड, बाई स्टेप पराजित गर्नुपर्ने हुन सक्छ, त्यो बेला तपाईंहरूले पनि आफ्नो कित्ता क्लियर गर्नुपर्छ ।’राष्ट्रपतिलाई भेटेर फर्किएलगत्तै प्रधानमन्त्रीले मन्त्रीहरूलाई आ–आफ्नो साइड सोच्न आग्रह गरेका हुन् । बैठकमा ओलीले आफ्नोमात्रै कुरा सुनाउन बोलाएको र मन्त्रीहरूको कुरा पछि सुन्ने बताए पनि मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुसाल र पार्वत गुरुङले धारणा राखेका थिए ।

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले यस्ता कुरा पार्टी बैठकमै गर्नुपर्ने भन्दै शंकाका भरमा षड्यन्त्र भयो भन्दै हिँड्न नहुने बताए । ‘पार्टी कमिटी बैठक चलिरहेको छ, विषयवस्तु त्यही राख्दा कसले, कसरी षड्यन्त्र गरेको हो भन्ने पनि आउन सक्छ,’ पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कित्ता स्पष्ट पार्ने छलफल पार्टी कमिटीकै बैठकमा गरौं, यहाँ नगरौं ।’ उनले आफूहरू पनि सांसद भएकाले नै मन्त्री बनेको भन्दै संसदीय दलभित्रै यस विषयलाई छलफलमा लैजान सकिने धारणा राखेका थिए । त्यसपछि मन्त्री भुसालले शीर्ष नेताहरू अनावश्यक हल्लाको बहकाउमा लागेको उदाहरण आफूसँग धेरै भएको भन्दै सूचनाको दुरुपयोग भएको कुरा बुझ्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । ‘अफवाहहरूले हामीलाई बगाएका थुप्रै उदाहरण छन्, कहिलेकाहीँ म हाम्रा शीर्ष नेताहरू बहकिएको देख्छु, प्रधानमन्त्रीज्यू यो विषयलाई राम्ररी ख्याल गर्नुहोला,’ मन्त्री भुसालले भने । मन्त्री भुसालले पहिलो विश्वयुद्धका बेला भएको पुँजीपतिहरूले हत्यारा भन्दै गर्ने गरेको पोस्टर पम्प्लेटिङको उदाहरण दिँदै अहिले यहाँ पनि त्यस्तै खालका अफवाह बढी चलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिलाई हटाउन दाहाल–नेपाल समूहले कानुनी परामर्श गरेको भन्ने शुक्रबार सूचना आएको थियो । त्यो सूचनाकै आधारमा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोगको आशंका गरेका थिए । मन्त्री भुसालले प्रधानमन्त्रीलाई त्यो कुरा गलत भएको भन्दै सम्झाउने प्रयास गरेका थिए । ‘हिजो राष्ट्रपतिविरुद्ध षड्यन्त्र भयो भनिएको सूचनाको मैले भेरिफाई गरें । मसँग यथेष्ट प्रमाण छन्, कुनै पनि त्यस्तो कुराकानी भएको छैन,’ मन्त्री भुसालले भने । यस्ता अफवाहबाट बच्नुपर्ने उनको प्रधानमन्त्रीलाई आग्रह थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले प्रधानमन्त्रीलाई पार्टीको बहुमतका आधारमा हटाउन खोजिए संसदीय दलमा बहुमत पुर्‍याउन बाध्य हुने बताए । निर्वाचित प्रधानमन्त्रीलाई हटाउन षड्यन्त्र भए आफूहरू जुन हदमा पनि जान सक्ने भन्दै उनले बैठकमै आफ्नो कित्ता स्पष्ट पारेका थिए । ‘राष्ट्रिय संकट परेका बेला नेतृत्वलाई बल पुर्‍याउनुपर्छ,’ उनले भनेका थिए, ‘यस्तो बेलामा गणितीय कुरा गरेर हुँदैन ।’ नौ सदस्यीय सचिवालय र स्थायी कमिटीभन्दा माथि केन्द्रीय कमिटी रहेको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा नेतृत्व परिवर्तन गर्न नहुने धारणा राखेका थिए । आफ्नो कुरामात्र भन्नका लागि बैठक बोलाएको भन्दै कुरा सुरु गरेका ओलीले केही मन्त्रीहरूले बोलेपछि थप समय नभएको भन्दै छलफल सकेका थिए ।

प्रधानमन्त्रीले त्यसपछि आफ्नो समूहमा रहेका मन्त्रीहरूसँग एक्लाएक्लै परामर्श गरे । मन्त्रीहरूसँग अनौपचारिक छलफल गर्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यहाँ उनीहरूबीच करिब ४५ मिनेट छलफल भएको थियो ।

आ–आफ्नो समूह दिनभर व्यस्त

सहमतिका लागि थप समय चाहिने निष्कर्षसहित जारी स्थायी कमिटीलाई दुई दिन स्थगन गरेका नेकपा शीर्ष नेताहरू शनिबार दिनभर आ–आफ्नो समूहको बैठकमा व्यस्त रहे । एकता जोगाउनुपर्छ भनेर केन्द्रीयस्तरका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा धर्ना बसिरहे । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निवासमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसदहरूको शनिबारै एकताका लागि दबाब सिर्जना गर्ने उद्देश्यले भेला भयो । अध्यक्षद्वय भने दिनभर गुटगत भेलामै केन्द्रित रहे । ओलीले बालुवाटारमा आफ्नै पक्षका नेताहरूसँग परामर्श गरिरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल खुमलटारमा त्यही प्रकृतिकै छलफलमा व्यस्त रहे ।

प्रधानमन्त्री ओली बिहानैदेखि आफूनिकटका नेताहरू, मन्त्री तथा सांसदसँगको छलफलमा व्यस्त थिए । ती सबै छलफलमा उनले अहिले पार्टीभित्र गहिरो समस्या आइपरेको बताएका थिए । खुमलटारमा पनि अध्यक्ष दाहालले आफू निकटस्थहरूसँग छलफल चलाए । ‘शनिबार ४ बजे दुई अध्यक्षका बीचमा छलफल हुने कुरा थियो, प्रधानमन्त्रीले फोन गरेर आइतबार बिहान १० बजेका लागि बैठक सारौं भन्नुभयो,’ दाहालनिकट स्रोतले भन्यो, ‘अब दुई अध्यक्षका बीचमा कस्तो खालको समझदारी बन्छ, त्यहीअनुसार नै आगामी रणनीति तय हुन्छ ।’ दाहालले दिउँसो आफूनिकटका सचिवालय सदस्यसँग पनि परामर्श गरेका थिए । उक्त परामर्शमा दुई अध्यक्षबीच कुरा नभएसम्म केही निक्र्योल गर्न नसकिने निष्कर्ष निस्किएको थियो । ‘ओलीजी कसरी आउनुहुन्छ, भोलि बिहानसम्म कुरौं, त्यसपछि के हुन्छ, सचिवालयका ६ सदस्य बसेर फेरि निर्णय गर्छौं,’ एक सचिवालय सदस्यले भने, ‘तर अब उहाँलाई समय दिने भन्दै विवाद थप धेरै लम्ब्याउन सकिन्न । स्थायी कमिटी बैठक चलाउनुपर्छ ।’

दाहाल पक्षधर नेताहरूको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले आफूलाई ओली पक्षधर नेताहरू र राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई साथ दिन आग्रह गरेको बताएका थिए । ‘केपीजी र तपाईं नै जनताको बहुदलीय जनवादलाई जोगाउनुपर्छ भन्नेमा हुनुुहुन्छ, पार्टीको आगामी कार्यक्रम पनि जबज नै हुनुपर्छ,’ ओलीपक्षीय नेताहरूको भनाइ उद्धृत गर्दै गौतमले भनेका थिए, ‘अहिले प्रधानमन्त्रीलाई साथ दिनुस्, आगामी महाधिवेशनमा तपाईं पार्टी अध्यक्ष हो ।’ कान्तिपुर दैनिक