१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

भेल पहिरोको उच्च जोखिम

भेल पहिरोको उच्च जोखिम
अ अ+ अ-

काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा भेल पहिरोको उच्च जोखिम बढ्दै गएको पछिल्ला दिनका केही घटनाले पुष्टि गरेको छ । विभिन्न पहाडी भूभागमा सामान्य खोल्सा र पहरामा वर्षाको भेलसहित पहिरो बनेर झर्ने क्रम बढेको छ । शनिबार बिहान करिब २ बजेतिर बझाङको केदास्युँ गाउँपालिका–८ मल्लेसीमा त्यस्तै भयो । गाउँ माथिको खोल्सीमा आएको बाढीमै मिसिएर पहिरो खस्न थाल्यो । माथि खिरिलो पहिरोले तलको कमलो जमिन सोहोर्दै फराकिलो बनेर झण्डै आधा गाउँ बगायो । जङ्गलको बीचबाट बगेको खोल्सीमा गड्याङ गुडुङ सुनेपछि गाउँको सबैभन्दा माथि घर हुने सुरेश जेठारा डाँडैबाट जोडले कराउनुभयो– पहिरो आयो…, पहिरो आयो है, भाग भाग…कराउँदै आफ्ना परिवारसहित उहाँ सुरक्षित स्थानमा जानुभयो । ज–जसले छिटो उहाँको आवाज सुने त्यो परिवार भागाभाग गरेर निस्किए । डाँडाको फेदमा घर हुनेले केही ढिलो थाहा पाए । भागेर सुरक्षित ठाउँमा पुग्न नपाउँदै भेल पहिरोमा पुरिए । शनिबार साँझसम्म पहिरोले पुरिएका सातमध्ये चार शव भेटिए । बाँकी तीन जना अझै बेपत्ता छन् ।

त्यहाँका १८ घर भेल पहिरोले बगायो । बिचल्लीमा परेका गाउँलेलाई स्थानीय स्कुलमा उद्धार गरेर राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । लगातारको वर्षाले बढेको खोला तर्न नसकेपछि स्थानीय प्रहरीको उद्धार टोली मध्याह्न ११ बजे मात्र त्यहाँ पुगेको थियो । पानी परिरहेकाले हेलिकोप्टरबाट उद्धार टोली पुग्न सकेछ । रातिसम्म नेपाली सेना र सशस्त्र प्रहरीको टोलीद्वारा राहत र खाद्यान्न पुर्याउन प्रयास गरिएको पोखरेलले बताउनुभयो ।
यसपाला भेल पहिरो आएको यो पहिलो पटक होइन । मनसुन सुरु भएकै दिन जुन १२ मा पर्वतमा सामुदायिक वनबाट भेलपहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । गुल्मीमा गएको पहिरो, सिन्धुपाल्चोकमा गएको पहिरोको स्वरूप पनि भेल पहिरोकै रहेको विज्ञ बताउँछन् । पर्वतमा गएको भेल पहिरोको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको पहिरो अनुसन्धान शाखाबाट विशेष टोली नै खटिएको छ ।

यसरी जान्छ भेल पहिरो
पहिरोविज्ञ कृष्ण देवकोटाका अनुसार सामान्य रूपमा तीन किसिमका पहिरो हुन्छन् । पहिलो भेल पहिरो अर्थात् गेग्रान बहाव, दोस्रो स्लोप फेलर अर्थात् सानो–सानो भिरालो जमिनमा जाने पहिरो र तेस्रो बिस्तारै सर्ने पहिरो हुन् । पहिलो खालको भेल पहिरो अग्ला पहाडमा बढी जान्छ भने तेस्रो प्रकारको पहिरो चुरे क्षेत्रमा जाने पहिरोमा पर्छ । दोस्रो खालको पहिरो भने नारायणगढ मुग्लिन सडक खण्डका जस्ता विकासे बाटो र निर्माणका कारण डाँडा काटिएपछि पहराबाट सुक्खा रूपमा झर्ने पहिरोलाई लिन सकिने उहाँले बताउनुभयो ।

भेल पहिरो भने अधिक वर्षाका कारण कमजोर बनेका पहाडमा जानेगर्छ । देवकोटाले जतासुकै पहाड खनेर कमजोर पारिएको छ । त्यसपछि जोखिमको क्षेत्र पहिचान नगरी बस्ती बसेको छ, पछिल्लो कमजोरी यही हो भन्नुभयो । उहाँका अनुसार साधारणतया भेल पहिरो माटो वा माटो र ढुङ्गाको सम्मिश्रण भएको स्थानमा बढी जान्छ । माटोको ढिस्को भएका पहाड नेपालमा धेरै छन् । त्यस्ता पहाडमा खनिदिएपछि पहाडमा टाँड पर्छ । कतिपय स्थानमा खनेको माटो भीरतिर गएर अड्केर बसेको हुन्छ । त्यसमा पानी परेपछि तौल बढ्छ । कमजोर भएको भित्रको माटो र थपिएको माटोसहित बगेर एकथरि भेल पहिरो जान्छ । अर्कोथरि खोल्सा खोल्सीको पानीले भित्रभित्रै माटोमा पानी पुगेपछि कमजोर भइसकेको भिरालो जमिन एक्कासि ठूलो पानी पर्दा भेलसँगै बगेर खस्छ ।  गोरखापत्र दैनिक