१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एसईई २०७६ः सबै विद्यार्थीको न्यूनतम ‘सी’ ग्रेड !

एसईई २०७६ः सबै विद्यार्थीको न्यूनतम ‘सी’ ग्रेड !
फाईल फोटो
अ अ+ अ-

यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ । अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको गे्रड पठाउने भएका छन् । विद्यालयले तीन तहको परीक्षाको आधारमा जिल्ला शिक्षा समन्वय इकाइलाई पठाएको अंकमा इकाइले प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा प्रमाणपत्र दिने निर्णय गरेपछि आफ्ना सबै विद्यार्थीलाई ‘ए’ प्लस देखि ‘ई’ ग्रेड आउने सम्मको नम्बर दिने अधिकार विद्यालयलाई नै हुनेछ । अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएपछि सबै विद्यार्थीले ‘सी’ भन्दा तल नआउने आँकलन गरिएको छ ।

बोर्डका अनुसार ९० देखि सय प्रतिशत अंक ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ८९ लाई ‘ए’, ७० देखि ७९ लाई ‘बी’ प्लस, ६० देखि ६९ सम्म ‘बी’, ५० देखि ५९ ‘सी’ प्लस र ४० देखि ४९ प्रतिशत अंक ल्याउनलाई ‘सी’ ग्रेड दिने व्यवस्था छ । राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कार्यविधिमा पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र अन्तिम परीक्षाको ६० प्रतिशत अंक दिने उल्लेख छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यस्तो अवस्थामा विद्यालयलाई अन्तिममा लिएको परीक्षालाई सय पूर्णाङ्कमा परिवर्तन गरी विषयगत अंक दिने व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिनुभयो । ‘हामीले कार्यविधि बनाएका छौं, त्यसैलाई आधार मानेर अंक दिनुपर्ने व्यवस्था छ’ –उहाँले भन्नुभयो । सरकारले सेन्टअप वा टेस्ट परीक्षा रद्ध गरेका कारण अधिकांश विद्यालयले विद्यार्थीको परफरमेन्सको आधारमा नम्बर पठाउने भएका छन् ।

विद्यालयले कस्ता विद्यार्थीलाई कति नम्बर दिएर पठाउँछन् भन्ने विषय चासोको रुपमा हेरिएको छ । बोर्डका अध्यक्ष प्राडा पौडेलले भन्नुभयो– ‘यो परीक्षामा विद्यार्थीलाई कति नम्बर दिएर पठाउँछन् भन्ने विषयले विद्यालयको समेत मूल्याङ्कन हुन्छ । यो वर्ष विद्यालयको पनि परीक्षण गर्ने समय हो ।’ विद्यालयमा नियमित नहुने र कमजोर विद्यार्थीलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने विषयमा सबैले विचार पुर्याउनुपर्ने बोर्डको भनाइ छ । यो वर्ष विद्यालयले पठाएको अंकलाई इकाइले प्रमाणीकरण गरी बोर्डमा पठाउने र बोर्डले ग्रेड कायम गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ । शिक्षा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले यो वर्ष कुनै पनि विद्यार्थीले ‘सी’ ग्रेडभन्दा मुनि नल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘विद्यालयले पठाएको अंकलाई प्रमाणीकरण गरी बोर्डमा पठाउने दायित्व मात्र भएकाले इकाइले विद्यालय र विद्यार्थीको अंकको मूल्याङ्कन गर्न मिल्दैन ।’

विद्यालयले पठाएको नम्बरलाई यही ३० गतेभित्र बोर्डमा पठाइसक्नुपर्ने काम इकाइको हो । अहिलेसम्म करिब ५० प्रतिशत विद्यालयले मात्र अंक पठाएको उहाँले जानकारी दिनुभयो । बोर्डले सबै विद्यालयलाई २० गतेभित्र इकाइमा अंक पढाउन निर्देशन दिएको थियो । यसपटकको एसईई परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको परीक्षाफल प्रकाशित हुँदै छ । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले एसईई परीक्षालाई सामान्य रुपमा लिनुपर्ने बताउँदै सबै विद्यार्थीलले ‘सी’ प्लस ल्याउँदा पनि कुनै फरक नपर्ने तर्क राख्नुभयो । उहाँले भन्नुभयो– ‘कक्षा १२ सम्म विद्यालय शिक्षा भएपछि १० कक्षाको परीक्षालाई धङधङीका रुपमा हेरिनुहुँदैन । यो त ३ कक्षा पास भएजस्तै हो, एसइई भनेको १० कक्षा पास हो, ११ पढ्नलाई कुनै रोकावट हुनुहँुदैन ।’

उहाँले अब १२ कक्षाको परीक्षालाई अन्तिम मूल्याङ्कनको आधार बनाउनुपर्ने बताउनुभयो । ‘११ कक्षामा विद्यार्थीलाई रहरअनुसारको विषयमा पढ्न दिनुपर्छ । यो विषयमा यति ग्रेड ल्यायो भनेर रोक्नु आवश्यक छैन’ –उहाँले भन्नुभयो । बोर्डका अध्यक्ष प्राडा पौडेलले यो वर्ष कुनै पनि विद्यार्थीले ‘सी’भन्दा मुनिको ग्रेड नआउने आशंका गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘विद्यालयले आफ्नै विद्यार्थीलाई किन ‘डी’ वा ‘ई’ ग्रेड दिन्छ, उनीहरुले त आफ्नो विद्यालयलाई अब्बलताको सूचीमा राख्न ‘सी’ भन्दा माथिको नम्बर दिँदैनन् होला ।

उता निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आन्तरिक मूल्याङ्कनको नतिजा जतिसक्दो निष्पक्ष बनाउन निर्देशन दिएका छन् । उनीहरुले आफ्नो विद्यालयको कम्तीमा ३ वर्षको एसईई रिजल्टको समेत अध्ययन गरेर नम्बर पठाउन निर्देशन दिएका छन् ।
 

अभिभावकसँग बार्गेनिङ
राजधानीलगायत मुलुकका केही ठूला कक्षा सञ्चालन गरेका विद्यालयले अभिभावकसँग बार्नेनिङ गर्न शुरु गरेका छन् । राजधानीका अधिकांश ठूला विद्यालयले अभिभावकलाई विद्यालयमै बोलाएर आफ्नो विद्यालयमा भर्ना गरे उच्च अंक दिने र नगरे भन्न नसकिने समेत बार्गेनिङ गरेका छन् । कोभिड–१९ का कारण नाम चलेका जिरो प्लस टु विद्यालयमा यो वर्ष विद्यार्थी आउने सम्भावना घट्दै गएपछि आफ्नै अभिभावकसँग बार्गेनिङ शुरु गरेका हुन् । ‘हामीलाई त विद्यालयमै बोलाएर आफ्नै विद्यालयमा कक्षा ११ मा पढ्न आग्रह गर्दै नपढाए कम नम्बर दिने चेतावनी दिएका छन्’ –एक अभिभावकले नेपाल समाचारपत्रसँग भने । भेटका क्रममा ती अभिभावकले आफ्ना छोराछोरीको राम्रो नम्बर आउने भएपछि सोही विद्यालयमा पढाउन राजी भएको बताएका थिए ।

ती विद्यालयले एसईईको नम्बर पठाउनु अघि वक्यौता शुल्कसमेत उठाइसकेका छन् । केही ले त एसईई दिने विद्यार्थीलाई लक्षित गरी ब्रिजकोर्ससमेत शुरु गरेका छन् । राम्रो विद्यालयमा नाम निकालिदिने भन्दै करिब ५ हजार रुपियाँ लिएर ब्रिजकोर्स सञ्चालन गरेका विद्यालयले आफ्नै र केही नाम चलेका माविमा भर्ना गराउन विद्यार्थी भेला गर्न थालेका छन् । नेपाल समाचारपत्र दैनिक