१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

समुदायमा संक्रमणको खतरा बढाउने कारक ‘सुस्त परीक्षण’

समुदायमा संक्रमणको खतरा बढाउने कारक ‘सुस्त परीक्षण’
अ अ+ अ-

प्रत्येक दिन नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि परीक्षण भने सुस्त छ। समुदायस्तरबाट स्वाब संकलन गरेर परीक्षणको लागि स्वास्थ्य प्रयोगशालामा पठाएपनि समयमै रिपोर्ट नआउँदा महिनौं क्वारेन्टिनमा बस्नु पर्ने सर्वसाधारणको बाध्यता छ। केही व्यक्तिको मृत्युपछि मात्रै रोग पहिचान हुने गरेको छ। सरकारले पिसिआर विधीबाट स्वाब परीक्षण गरेर कोरोना संक्रमितको पुष्टि गर्ने गरेको छ। सरकारले काम गर्दै आएको बताइरहेपनि असन्तुष्टिका आवाज छताछुल्ल देखिएको छ।  

२६ हजारको पिसिआर परीक्षण  

प्रदेश १ मा अहिलेसम्म २६ हजारको पिसिआर परीक्षण गरिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म २५ हजार ९ सय ६१ वटा स्वाबको पिसिआर परिक्षण गरिएको छ। विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट परिक्षण भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश मेहेताले बताए। यहाँ अहिलेसम्म ६ सय ६५ जनामा कोरोना पुष्टि भएको छ। ७ सय ५४ को रिपोर्ट आउन बाँकी छ।  

दैनिक पाँच सय स्वाब संकलन

प्रदेश २ मा औषतमा दैनिक पाँच सय जनाको स्वाब संकलन हुने गरेको भएपनि डेढ सय नमुना मात्रै परीक्षण हुँदै आएको प्रदेश स्वास्थय निर्देशनालयले जनाएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्रनरायण सिंह सगरमाथा अस्पताल राजविराज र नरायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरि तीन ठाउँमा जडान गरिएको रियल टाइम पिसिआर मेसिनको एक दिनमा स्वाब परीक्षणको क्षमता औषतमा डेढ सय मात्रै रहेकाले परीक्षण कम भएको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजय झाले बताए। उनकाअनुसार प्रदेश २ मा अहिलेसम्म ४४ हजार दुई सय ३२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको भएपनि तीनहजार ६ सय तीन जनाको रिपोर्ट आउन बाँकी छ। परीक्षण गरिएकामध्ये तीन हजार पाँच सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समय भारतबाट आउनेको कम भएका कारण संक्रमितको संख्या पहिलेको तुलनमा नबढेको उपनिर्देशक झाको भनाइ छ।  

परीक्षणको दायरा बढाइने

कोरोनाको त्रासपछि विदेशमा रहेकाहरू स्वदेश फर्कने क्रममा छन्। पर्याप्त किट नहुँदा विदेशबाट फर्कने सबैको स्वाब संकलन गरिएको छैन, भने स्वाब संकलन गरि प्रयोगशालामा पठाइएकाको पनि परीक्षण कार्य सुस्त देखिएको छ। बागमती प्रदेशमा भारतबाहेक अन्य देशबाट फर्कनेको संख्या पाँच हजारभन्दा बढी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बताएको छ। यो क्रम प्रतिदिन बढ्दो छ।  

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा बिहीबारसम्म सात हजार ६ सय ५४ स्वाब संकलन भएकोमा सबैको पीसिआर परीक्षण भएको ल्याब इन्चार्ज नितु अधिकारीले जानकारी दिइन्।  त्यस्तै धुलिखेल अस्पताल, काभ्रेमा सात हजार पाँच सय ५० व्यक्तिको स्वाब संकलन भएकोमा ७७ जनाको परीक्षण बाँकी रहेको अस्पतालले जनाएको छ। त्यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा बुधबारसम्ममा सात हजार ९ सय दुई जनाको स्वाब संकलन गरिएकोमा तीन सय १० वटाको रिपोर्ट आउन बाँकी रहेको केन्द्रका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाइले बताए।  

गण्डकी प्रदेशमा सुस्त परीक्षण  

गण्डकी प्रदेशमा हालसम्म एक हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएका छ। संक्रमित मध्ये दुई १४ जना निको भएर घर फर्किसकेका छन्। अन्यको उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये दुई जनाको मृत्यु भएको छ। उक्त प्रदेशमा जम्मा १६ हजार सात सय ६१ को स्वाब संकलन भएकोमा पिसिआर परीक्षण गर्दा १५ हजार चार सय ६५ जनामा नेगेटिभ देखिएको छ, भने दुई सय ६५ जनाको रिपोर्ट आउन बाँकी रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। प्रदेशमा हाल दैनिक चार सयदेखि पाँच सय जनासम्मको पिसिआर परीक्षण भइरहेको उनले बताए।  

परीक्षणको दायरा अझै बढेन

कोरोनाको ‘हटस्पट’का भएको प्रदेश ५ मा परीक्षणको दायरा अझै बढ्न सकेको छैन। भारतसँग सीमा जोडिएका र पहाडी जिल्लामा समेत कोरोना संक्रमण बढ्न थालेकाले परीक्षणमा बढाउन दवाव बढेको छ। प्रदेश सरकारले परीक्षणको गति बढाउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पनि पिसिआर मेसीन जडान गरिएको छ। यो सँगै प्रदेशमा परीक्षणको गति बढ्ने सरकारको दावी छ। प्रदेश प्रयोगशाला भैरहवासहित भेरी अस्पताल, राप्ती अस्पतालबाट परीक्षण हुँदै आएको छ। बुधबारसम्म प्रदेशका १२ वटै जिल्लामा ४२ हजार सात सय ९८ जनाको परीक्षणका लागि स्वाब संकलन भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक राजेन्द्रकुमार गिरीले बताए।

‘अहिले दैनिक ६ सय जनाको रिपोर्ट सार्वजनिक गर्ने गरि परीक्षण भइरहेको छ,’ उनले भने। क्वारेन्टिनमा १० हजार तीन सय ७ जना छन्। यस्तै तीन पटक परीक्षण गर्दा समेत कोरोना पुष्टि भएका शिवराज नगरपालिकाका २ युवा ४६ दिनपछि सन्चो भएर घर फर्केका छन्। चार पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि नगरपालिका–३ का १८ वर्षीय र वडानम्बर ११ का १९ वर्षीय युवा ४६ दिनपछि कोरोना जितेर घर गएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक चुडामणी भट्टराईले बताए।  

स्थानीय तहले किने पिसिआर मेसिन  

जिल्ला बाहिर स्वाब पठाउँदा रिपोर्ट ढिला आएपछि दैलेखको नारायण नगरपालिले विकास निर्माणको रकमले पिसिआर मेसिन खरिद गरेको छ। मेसिन खरिद गरेर प्रयोगमा आएपछि सहज भएको बताइएको छ। असार १४ गतेदेखि परीक्षण सुरु गरिएको हो। संघीय सांसदको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत दैलेख–महाबु सडकखण्डको रकमबाट मेसिन खरिद गरिएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए।  करिब एक करोड १७ लाख रूपैयाँमा मेसिन खरिद उनले बताए। कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेखमा कोरोना संक्रमित फेला परेका छन्। कोरोना संक्रमित स्थानीय तहमध्ये नारायण नगरपालिका रेड जोनमासमेत परेको थियो। यहाँ बिहीबारसम्म दुई सय २७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै स्वाब परीक्षणको रिपोर्ट आउन ढिला भएको भन्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि पिसिआर खरिद गरेको छ। एक करोड २३ लाख रूपैयाँमा खरिद गरिएको पिसिआर मेसिनले एक दिनमा करिब ९० जनाको परीक्षण हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जनाए। कर्णाली प्रदेश राजधानी सुर्खेतमा कोरोना भाइरसको परीक्षण रोकिएको छ। शुक्रबारदेखि पिसिआर मेसिनमा समस्या आएपछि परीक्षण रोकिएको बताइएको छ। परीक्षण रोकिएपछि संकलन गरिएका स्वाब तापक्रम मिलाएर फ्रिजमा राखिएकाले उक्त स्वाब सुरक्षित रहने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।  

संक्रमण बढ्दो, परीक्षण सुस्त

गत चैत १४ गते पहिलो संक्रमित फेला परेको सुदूरपश्चिममा असारको सुरुवातदेखि नै संक्रमण ह्वात्तै बढेको छ। संक्रमण बढेसँगै उनीहरूको कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाको नमुना संकलन गरेर परिक्षण गर्ने काम भने सुस्त छ। स्वाब संकलनको गरेको तीन सातासम्म पनि रिपोर्टको नआएपछि क्वारेन्टिनबाट घर फर्केकाहरू समाजमा अन्य व्यक्तिसँग भेटघाटभएपछि मात्रै कोरोना संक्रमित भएको रिपोर्ट आउने गरेको छ।  

प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार बुधबारसम्म पाँच हजार ९६ स्वाब परिक्षण हुन सकेको छैन। यहाँ अहिलेसम्म १८ हजार आठ सय ७५ नमुनाको पिसिआर परीक्षण भएको छ। परिक्षण सुस्त भएकाले र लक्षण नदेखिएका कारण समुदायमा घुलमिल भएका संक्रमितबाट जोखिम बढ्दै गएको स्थानीयको भनाइ छ। नागरिक दैनिक