१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने- ‘मलाई साथ नदिने जति जानुस्’

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने- ‘मलाई साथ नदिने जति जानुस्’
अ अ+ अ-

काठमाडौं । आफूलाई हटाउन बहुमत(अल्पमतको जोड घटाउ तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सबै मन्त्रीलाई बालुवाटार डाकेर सोधे, ‘तपाईंमध्ये को(को मेरो नेतृत्वमा विश्वास गर्नुहुन्छ ? को-को गर्नुहुन्न ? अहिल्यै जवाफ दिइरहनु पर्दैन। मैले सोधेको बेला भने हुन्छ। तर, मेरो नेतृत्वमा विश्वास नगर्नेले जहाँ मन लाग्छ, जानुहोला।’ अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडान ओलीले मन्त्रीहरूमाझ पनि दोहोर्याए। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन कमजोर पार्ने गरी आफूले अहिले कुनै पनि हालतमा राजीनामा नदिने उनको भनाइ थियो। ‘राष्ट्रपतिमाथि पनि महाभियोग लगाउने तयारी भएको कुरा आएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री रामेश्वर राय यादवले भने, ‘विकास, ऐतिहासिक उपलब्धि र स्थिरता विरोधी शक्ति सक्रिय भएका छन्। तिनलाई निस्तेज पार्नु अहिलेको मेरो आवश्यकता हो।’

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउन स्थायी समितिका बहुमत लागेपछि नेकपा एकता संकटमा परेको छ। एकीकरणको २६ महिनामै पार्टी फुटको संघारमा पुगेको छ। ‘राष्ट्रियता र कम्युनिस्ट आन्दोलनमाथि नै अहिले धावा बोल्ने काम भइरहेको छ। गाह्रो छ अहिलेको अवस्था। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगिन्छ भने मैले राजीनामा दिने हो। अहिले त दुवै कमजोर अवस्थामा छन्। यस्तो बेला मैले आफ्नो दायित्वबाट भाग्न मिल्दैन। म राजीनामा दिन्नँ, प्रतिवाद गर्छु’ प्रधानमन्त्री ओलीले भने। समसामायिक राजनीतिक घटनाक्रमका विषयमा जानकारी दिन आफूले मन्त्रीहरूलाई बालुवाटार बोलाएको भन्दै आफ्नो सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता कठिन मोडमा पुगेको र त्यसले स्थितिलाई अत्यन्तै नाजुक बनाएको बताएका थिए। ‘स्थिति अब कस्तो हुन्छ, के हुन्छ भन्न गाह्रो हुने भयो। मैले मात्र चाहेर पार्टी अब एक रहन सक्ने स्थिति रहेन।’

प्रधानमन्त्रीले आफू र राष्ट्रपतिका विरुद्धसमेत षड्यन्त्रहरू भइरहेको बताएका थिए। ‘मेराविरुद्ध षड्यन्त्र भएको छ। म मात्र होइन, सम्मानित राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने जस्ता कुरा आइरहेको छ। कानुनी परामर्श लिएरै कतिपय साथीहरू लागेको देखिएको छ। त्यस्तो अवस्थामा मैले पनि कदम चाल्नुपर्ने हुन सक्छ’, प्रधानमन्त्रीले भने। प्रधानमन्त्रीको भनाइ थियो ‘सम्मानित राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध भइरहेका षड्यन्त्रलाई बाइफोर्स, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ। म बाइस्टेप, बाइफोर्स कदम चाल्दै छु, तपाईंहरू कता लाग्ने हो निर्धारण गर्नुस्। हुल्लडहरूको समूह स्थायी कमिटीले गरेको निर्णय म मान्दिनँ।’ ओलीले मन्त्रीहरूसँग बालुवाटारमा छलफलअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर आएका थिए। भण्डारीसँग झन्डै पौने दुई घण्टा छलफल गरेर निवास फर्किएका ओलीले पार्टीका नेताहरूले संवैधानिक दृष्टिले पनि अनुपयुक्त हुने गरी कदम चाल्न खोजेको र त्यसको प्रतिवाद आफूले गर्ने बताएका थिए।पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत बहुमत स्थायी समिति सदस्यले ओलीको राजीनामा माग गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मदिनमा आयोजित कार्यक्रममा आफ्नो सरकारविरुद्ध भारतीय राज्य संयन्त्र सक्रिय भएर लागेको र त्यसमा नेपालका नेताहरू पनि परिचालित भएको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर स्थायी समिति यसमै केन्द्रित भई प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्दै आएको छ। एक दिन बैठक स्थगित गरी सहमतिको खोजी प्रयास गरे पनि सहमति जुट्न नसकेपछि दुवै पक्ष आआफ्ना आन्तरिक तयारीमा लागेका छन्। त्यही क्रममा प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपतिलाई भेटेर फर्केपछि मन्त्रीहरूलाई बोलाएर बिफ्रिङ गरेका हुन्। ओलीले निश्चित समय नदिई मन्त्रीहरूलाई समेत आफ्नो कित्ता प्रष्ट्याउन भनेपछि केही मन्त्रीहरूले भने पार्टी एकता जोगाइराख्न आग्रह गरेका थिए। कृषि मन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन र महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङले पार्टी एकता जोगाएर अघि बढ्नु अहिलेको आवश्यकता रहेकोमा जोड गरेका थिए।

‘वैधानिक बाटो भनेको दुई अध्यक्षको निर्णय र हस्ताक्षरबाट पार्टी चलाउने हो। नेकपामा बहुमत र अल्पतमतको कुनै वैधानिकता हुन्न। त्यसमाथि संकटका बेला नेतृत्वलाई सबैले सघाउनुपर्नेमा परिवर्तनको कुरा नाजायज हो’, मन्त्री पार्वत गुरुङले भने, ‘मन्त्रीहरूसँगको छलफलमा मैले प्रधानमन्त्रीज्यूलाई त्यही भनें। मन्त्री पुनले अझै विवाद मिलाएरै जाने समय रहेकोले यसबारे छलफल गरेर जान आग्रह गरेका थिए। पुनले बैठकमा राखेको भनाइ उद्धृत गर्दै अर्का एक मन्त्रीले भने, ‘हामीसँग सिंगो पार्टी छ, संसदीय दल छ, यस्ता संस्थाहरूमा यसबारे छलफल गर्दाखेरि तर्कपूर्ण कुराहरू आउन सक्छन् र आशंका एवं समस्याहरूको समाधान हुन सक्छ। यसका लागि अझै समय छ। छलफल गरौं, पार्टी एकता बचाऔं।’ कृषिमन्त्री भुसालले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको वातावरण बनाएर छलफल गरी एकता जोगाउन अपिल गरेका थिए। उनले दोस्रो विश्वयुद्धकालमा बेचिएका पोस्टरहरूको स्मरण गर्दै गलत सूचनामा नबहकिन नेताहरूलाई आग्रह गरेका थिए।अन्नपुर्णपोष्ट दैनिक