४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणको थप जोखिममा काठमाडौं उपत्यका, यी हुन् आजसम्म संक्रमित भेटिएका ठाँउहरु…



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले काठमाडौं उपत्यका थप जोखिममा पर्दै गएको छ । बाक्लो जनघनत्व, बाहिरी जिल्लाबाट सर्वसाधारणको जथाभावी आवागमन, खुकुलो लकडाउन लगायतका कारण काठमाडौं उपत्यका थप जोखिममा परेको हो । हालसम्म काठमाडौं उपत्यकाभित्र १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । काठमाडौंका १ सय ९, भक्तपुरका २८ र ललितपुरका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्म काठमाडौंका तीनकुने, कपन, खुसुवु, कागेश्वरी, कोटेश्वर, सिनामंगल र टोखामा संक्रमण देखिएको छ । यस्तै, ललितपुरको थसीखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नखिपोट, भैंसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती र सुनाकोठीमा संक्रमण देखिएको छ । भक्तपुरको बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायकमा पनि संक्रमण देखिएको छ ।

काठमाडौंमा भेटिएका १ सय १७ संक्रमितमध्ये १२ जनाको कुनै पनि ट्राभल हिस्ट्री नभएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले भने, ‘१ सय १७ मध्ये १२ जना व्यक्तिको कुनै पनि लिंक भेटिएको छैन । उहाँहरू विदेशबाट पनि आउनुभएको छैन । ट्राभल हिस्ट्री पनि देखिएको छैन ।’ उनले भैंसेपाटी क्षेत्रका १ सय १० जनाको प्रतिनिधिमूलक स्वाब संकलन गरिएको बताए । ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले लकडाउन खुकुलो हुँदा थप जोखिम बढेको बताए । उनले भने, ‘व्यक्तिगत दूरी कायम नगरी हिँड्दा र व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन नगर्दा जोखिम बढ्दै जाने देखिन्छ । स्वयं व्यक्ति सचेत हुन जरुरी छ ।’

यसैबीच, हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । शनिबार थप २ सय ३३ जनामा संक्रमण पुष्टि भएँगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अुसार पछिल्लो २४ घण्टामा थप २ सय ७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ । कुल संक्रमितमध्ये ३३ जनाको मृत्यु भएको छ । प्रवक्ता डा। गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ । हालसम्म २ लाख ४६ हजार २ सय ९७ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरीएको छ । हाल देशभर ३३ हजार १ सय २५ जना क्वारेन्टिनमा बस्दै आएका छन् ।

कहाँ कहाँ देखिए संक्रमित ?
काठमाडौंः तिनकुने, कपन, खुसुवु, कागेश्वरी, कोटेश्वर, सिनामंगल र टोखा
ललितपुरः थसिखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नखिपोट, भैंसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती र सुनाकोठी
भक्तपुरः बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायक
राजधानी
दैनिक