६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधि पुर्याउने नाममा बैंकले दुख दिएः सभापति चालिसे



अ+ अ-

काठमाडौँ । अर्थसमिति सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताउनुभएको छ ।

सोमवारको अर्थ समितिको बैठकमा बोल्द सभापति चालिसेले यस्तो बताउनुभएको हो ।

उहाँले तरलता ठूलो मात्रमा रहेको बताउँदै उहाँले विधि पुर्याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दुःख दिने गरेको बताउनु भयो । आज अर्थसमितिमा बाफियासम्बन्धि विधेयकमा बोल्दै सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दने बातावरण हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो–‘साना उद्योगीहरुलाई ऋण दिनेबारे प्राथमकितामा राख्नुपर्छ । दूरदराजका मान्छेलाई काम गर्न खोज्नेलाई मात्रै घरजग्गाको मूल्यांकनका आधारमा होइन क्षमता र प्राकृतिक हिसावले दिनुपर्छ ।’

उहाँकाअनुसार अरुदेशमा प्रमाणपत्रका आधारमा लोन दिइन्छ । नेपालमा समेत त्यसबारे अब सोचिनुपर्छ ।