१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

२८ वर्षपछि मेलम्चीको पानी खाने सपना साकार हुँदै

२८ वर्षपछि मेलम्चीको पानी खाने सपना साकार हुँदै
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो । सरकारले २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन थालेकामा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो । त्यसपछि २०४९ को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्पका रूपमा मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक कुल ५१ करोड लिटर ९प्रत्येकबाट १७ करोड लिटर० पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालेकोे थियो । सोहीअनुसार सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । तत्पश्चात् समितिले प्रथम चरणमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न अथक प्रयास गरिरहेको छ ।

डिजाइन र पूर्वाधारहरू निर्माणका प्रारम्भिक कार्यहरू पश्चात् २०६६ देखि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथानबाट काठमाडौं उपत्यकाको सुन्दरीजल सम्म पानी प्रवाह गर्न करिब २७ दशमलव ५ किमि सुरुङ निर्माणको कार्य सुरु गरियो । सो निर्माणका क्रममा सन्तोषजनक प्रगति हुन नसकेका कारण चाइना रेलवे १५ ब्युरो गु्रप कर्पोरेसन र चाइना मेसिनरी इन्डस्ट्री गु्रप कर्पोरेसन इन्क जेभीसँग भएको निर्माण सम्झौता रद्द गर्नुपर्यो ।

त्यसपछि नियुक्त दोस्रो निर्माण व्यवसायी सिएमसी डि रेभेनाले सुरुङको ब्रेकथु्र गरेको भए तापनि २०७५ साल १० पुसदेखि एकतर्फी रूपमा निर्माणस्थल छाडेपछि मेलम्ची आयोजनाले निजसँगको ठेक्का रद्द गरी वैकल्पिक व्यवस्था गर्नु परेकाले आयोजना सम्पन्न हुन ढिलाइ भएको हो । सुरुङको बाँकी काम एक वर्षभित्रमा सम्पन्न गर्न समितिले तत्कालै द्रुत प्रक्रिया अपनाई चीनको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिसँग २०७६ साल १२ असोजमा सम्झौता गरेको थियो । त्यसैगरी, हेडवक्र्स निर्माणको कार्य १५ महिनाभित्र सम्पन्न गर्ने गरी सोही कम्पनीसँग २०७६ असोज २४ गते अर्को छुट्टै सम्झौता पनि गरिएको छ ।

दैनिक १७ करोड लिटर पानी

आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । हेडवक्र्सको निर्माण कार्य जारी रहेको अवस्थामा सो स्थलदेखि एक सय मिटरमाथि निर्माण गरिएको अस्थायी बाँध (कफर ड्याम)बाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ । हेडवक्र्सको निर्माण सम्पन्न भएपछि स्थायी संरचनामार्फत नियमित रूपमा पानी प्रवाह गरिनेछ । अहिलेको अन्तरिम व्यवस्थाअन्तर्गत पूर्ण रूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ र त्यसले उपत्यकाको खानेपानी समस्या निवारण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास यस समितिले लिएको छ ।

बाग्मती बाढीको सम्भावना
पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रहरू साथै बाग्मती नदीमा कुनै पनि बेला पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा जानु पर्दा विशेष सावधानी अपनाउनुपर्ने समितिले जनाएको छ । मनसुनको समय भएकाले मेलम्चीको पानी आएपछि अझ बाढीको सम्भावना रहेकाले सर्वसाधारणलाई सचेत हुन समितिले आह्वान गरेको छ । राजधानी दैनिक