१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८ वर्षपछि मेलम्चीको पानी खाने सपना साकार हुँदै



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो । सरकारले २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन थालेकामा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो । त्यसपछि २०४९ को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्पका रूपमा मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक कुल ५१ करोड लिटर ९प्रत्येकबाट १७ करोड लिटर० पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालेकोे थियो । सोहीअनुसार सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । तत्पश्चात् समितिले प्रथम चरणमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न अथक प्रयास गरिरहेको छ ।

डिजाइन र पूर्वाधारहरू निर्माणका प्रारम्भिक कार्यहरू पश्चात् २०६६ देखि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथानबाट काठमाडौं उपत्यकाको सुन्दरीजल सम्म पानी प्रवाह गर्न करिब २७ दशमलव ५ किमि सुरुङ निर्माणको कार्य सुरु गरियो । सो निर्माणका क्रममा सन्तोषजनक प्रगति हुन नसकेका कारण चाइना रेलवे १५ ब्युरो गु्रप कर्पोरेसन र चाइना मेसिनरी इन्डस्ट्री गु्रप कर्पोरेसन इन्क जेभीसँग भएको निर्माण सम्झौता रद्द गर्नुपर्यो ।

त्यसपछि नियुक्त दोस्रो निर्माण व्यवसायी सिएमसी डि रेभेनाले सुरुङको ब्रेकथु्र गरेको भए तापनि २०७५ साल १० पुसदेखि एकतर्फी रूपमा निर्माणस्थल छाडेपछि मेलम्ची आयोजनाले निजसँगको ठेक्का रद्द गरी वैकल्पिक व्यवस्था गर्नु परेकाले आयोजना सम्पन्न हुन ढिलाइ भएको हो । सुरुङको बाँकी काम एक वर्षभित्रमा सम्पन्न गर्न समितिले तत्कालै द्रुत प्रक्रिया अपनाई चीनको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिसँग २०७६ साल १२ असोजमा सम्झौता गरेको थियो । त्यसैगरी, हेडवक्र्स निर्माणको कार्य १५ महिनाभित्र सम्पन्न गर्ने गरी सोही कम्पनीसँग २०७६ असोज २४ गते अर्को छुट्टै सम्झौता पनि गरिएको छ ।

दैनिक १७ करोड लिटर पानी

आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । हेडवक्र्सको निर्माण कार्य जारी रहेको अवस्थामा सो स्थलदेखि एक सय मिटरमाथि निर्माण गरिएको अस्थायी बाँध (कफर ड्याम)बाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ । हेडवक्र्सको निर्माण सम्पन्न भएपछि स्थायी संरचनामार्फत नियमित रूपमा पानी प्रवाह गरिनेछ । अहिलेको अन्तरिम व्यवस्थाअन्तर्गत पूर्ण रूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ र त्यसले उपत्यकाको खानेपानी समस्या निवारण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास यस समितिले लिएको छ ।

बाग्मती बाढीको सम्भावना
पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रहरू साथै बाग्मती नदीमा कुनै पनि बेला पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा जानु पर्दा विशेष सावधानी अपनाउनुपर्ने समितिले जनाएको छ । मनसुनको समय भएकाले मेलम्चीको पानी आएपछि अझ बाढीको सम्भावना रहेकाले सर्वसाधारणलाई सचेत हुन समितिले आह्वान गरेको छ । राजधानी दैनिक