६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’



अ+ अ-

काठमाडौँ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा प्रतिबन्ध लगाएको छ ।

विदेशमन्त्री मार्को रुबियोले मंगलबार यस सम्बन्धमा एक आदेश जारी गरे । यो आदेशको उद्देश्य देशका विश्वविद्यालयहरूमा यहूदी विरोधी र वामपन्थी विचारहरूलाई रोक्नु रहेको बताइएको छ ।

ट्रम्प प्रशासनले अमेरिका आउने विद्यार्थीहरूको सामाजिक सञ्जाल प्रोफाइलको छानबिन कडा बनाउने भएकोले रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि नयाँ अन्तर्वार्ताको तालिका नबनाउन आदेश जारी गरेका छन् ।

उनले भने – ‘तत्काल कन्सुलर शाखाले अर्को निर्देशिका जारी नभएसम्म विद्यार्थी वा एक्सचेन्ज भिजिटर (एफ, एम र जे) भिसाका लागि नयाँ नियुक्तिहरूलाई अनुमति दिनु हुँदैन ।’

यद्यपि, पहिले नै निर्धारित अन्तर्वार्ताहरू हुन सक्छन्, तर नयाँ अपोन्टमेन्ट नहुने भएको छ ।