काठमाडौँ । गंगानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सचिव पदमा नियुक्त गरेको छ ।
नेकपा माओवादी केन्द्रमा फर्किएका नेता श्रेष्ठललाई माओवादीले सचिवको जिम्मेवारी दिएको हो ।
९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए ।
बाबुराम भट्टराईसँगै माओवादी परित्याग गरेका श्रेष्ठ अहिले नेपाल समाजवादी पार्टी (नेसपा)का नेता थिए ।










